प्रदेश ४ उपसभामुखका लागि चुनाव निश्चित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उम्मेदवार दिने भएपछि चुनाव निश्चित भएको हो।
सत्तारुढ गठबन्धन एमाले र माओवादीतर्फबाट साझा उम्मेदवार रहनेछन् भने प्रतिपक्षीतर्फबाट अको उम्मेदवार चुनावी मैदानमा छन्। सत्तारुढ दलले अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन। काँग्रेसले भने उम्मेदवार चयन गरिसकेको छ। काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार नै गोरखाकी समानुपातिक सांसद मनकुमारी गुरुङलाई उम्मेदवार बनाएको हो।
गठबन्धनबाट भने एमालेको भागमा परेको उपसभामुखको उम्मेदवार चयन गर्न निकै जटिल भएको छ। यस विषयमा हालसम्म संसदीय बैठकमा छलफल नै नभएको एक नेताले बताए। ‘केही नामहरु सामान्य चर्चामा मात्रै सुनिएको छ। निर्णय चाहीँ आइतबार बैठक बसेर गरिन्छ’-ती नेताले भने-‘अहिले आन्तरिक रुपमा लविङ भैरहेको छ। भोलि नै थाहा होला।’
आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसपछि साढे ११ बजे अन्तिम नामावली प्रकाशन हुनेछ। चुनाव चाहीँ दिउँसो १ बजेको बैठकमा हुने प्रदेश सचिवालयले जनाएको छ। एमालेभित्र सिर्जना शर्मा र मीत्रकुमारी गुरुङ सुवेदीमध्ये १ नालाई उपसभामुखको टिकट दिने बुझिएको छ। श्रोतका अनुसार शर्मा भन्दा गुरुङको दावेदारी बलियो छ। ‘सम्भवतः मीत्रकुमारीलाई नै उम्मेदवार बनाउन सक्छ। योगदान र अवसरलाई हेरेर निर्णय भयो भने वहाँ बलियो दावेदार हुनुहुन्छ’-श्रोत भन्छ-‘सिर्जनाजी पनि कमजोर हुनुहुन्न तर यसपालि मीत्रकुमारी जी को सम्भावना बढी छ।’ शर्मा र गुरुङ दुवैजना कास्कीका हुन् र दुवै समानुपातिक सांसद।
संविधानमा सभामुख र उपसभामुख फरक लिङ्गी र फरक राजनीतिक पार्टीको हुनुपर्ने स्पष्ट व्यवस्था छ। त्यसैले काँग्रेसको जोड उपसभामुखमा बढेको हो। ‘एमाले र माओवादीले पार्टीएकीकरणको शर्तमा जनमत मागेका थिए। ‘भोलि दुर्इ पार्टीएकीकरण हुँदा काँग्रेसको उपसभामुखमा दावी रहन्छ’-काँग्रेस सांसद विन्दुकुमार थापाले भने-‘संविधानको बाध्यात्मक व्यवस्थाले उपसभामुखमा काँग्रेसले दावी गरेको हो। एकीकरण हुने वित्तिकै यो पद हाम्रो स्वतः हुन्छ।’
काँग्रेसमा संसदीय नेताको अन्यौल
प्रदेश ४ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र संसदीय दलको नेता छनौट गनै अन्यौल छ। गोपालमान श्रेष्ठलाई केन्द्रिय प्रतिनिधिको रुपमा नेता छान्ने अधिकार दिइएको छ। तर उनले बैठक नै आहृवान गरेका छैनन्। सांसदहरु संसदीय दलको नेता बन्न लविङ गरिरहेका छन्। नवलपुरका सांसद कृष्णचन्द्र नेपाली र कास्कीका सांसद विन्दुकुमार थापाको दावी बढी देखिन्छ। नेपाली काँग्रेसका पाका नेता हुन् भने थापा प्रदेश राजधानी समेत रहेको कास्कीका एक्ला निर्वाचित सांसद। दुवैले आफू नै संसदीय नेता बन्नुपर्ने दावी पेश गरिरहेका छन्। केन्द्रिय समितिसम्म उनीहरुको लविङ उत्तिकै छ। उता, समानुपातिक सांसद कास्कीका कुमार खड्का र बागलुङका मणिभद्र शर्मा कँडेलको नाम पनि संसदीय नेताका लागि चर्चामा छ। धेरैको दावी भएकाले पनि नेता छनौट गर्न समस्या भैरहेको काँग्रेसका एक केन्द्रिय सदस्यले बताए। ‘सकेसम्म सहमतिमा छनौट हुन्छ। नभए आन्तरिक मतदान मार्फत निर्वाचित हुन्छन्’-उनले भने-‘आधारसहितका दावी आइरहेका छन्। अध्ययन गरेर राम्रो मान्छे छान्न केन्द्रिय समिति लागिरहेको छ।’ उनका अनुसार फागुन ८ गतेसम्म संसदीय नेता सहित उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुनेछन्। प्रतिपक्षी दल भएकाले सार्वजनिक लेखा समिति पनि काँग्रेसको भागमा पर्छ। त्यसका लागि पनि तयारी भैरहेको ती नेताले बताए। एमाले चाहीँ उपसभामुखको चुनाव पछि आन्तरिक छलफल गरेर बाँकी मन्त्रिपरिषद् विस्तार र सचेतक चयन गर्ने तयारीमा छ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९