लागु औषध सचेतना र्‍याली

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४
rally

पोखरा, ५ फागुन।  लागु औषध नियन्त्रणबारे सचेतना दिन पोखरामा शनिबार बृहत र्‍याली निकालिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको लागुऔषध नियन्त्रण महाअभियान-२०७४ अन्तर्गत जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर र वडा प्रहरी कार्यालय बगरको संयुक्त आयोजनामा लागु औषध नियन्त्रणसम्बन्धी बृहत सचेतना र्‍याली निकालिएको हो।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेको उक्त र्‍याली टुँडिखेलबाट शुरु भई विन्ध्यवासिनी, मोहरिया टोल, भीमसेन टोल, नालाको मुख, तेर्सापट्टी, नदीपुर, क्याम्पस गेट, ट्याक्सीचोकहुँदै पुनः टुँडिखेलमा पुगी सभामा परिणत भएको थियो।

र्‍यालीमा विभिन्न संघसंस्था, आमा समूह, क्लब, विद्यालय, भजन समूह लगायतले झाँकी, प्ले-कार्ड सहित सहभागिता जनाएका थिए।

र्‍यालीमा विद्यालयतर्फ चिसाखोला वेद विद्याश्रम, संघसंस्थातर्फ मुक्तिनाथ विकास बैंक, आमा समूह तथा क्लबतर्फ सिर्द्धार्थ आमा समूह सिम्पानी, भजन समूहतर्फ देवीस्थान भजन समूह उत्कृष्ट घोषित भए ।

उनीहरुलाई कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा, बगर अध्यक्ष जीवन अधिकारीले संयुक्त रुपमा पुरस्कार वितरण गरे।

कास्की प्रहरी प्रमुख सिंहले लागु औषध नियन्त्रणमा सबैको साथ र सहयोगको खाँचो रहेको बताए। ‘लागु औषध नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन’-सिंहले भने-‘नियन्त्रणमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं।’

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा, वडा १६ का वडाध्यक्ष जीवन आचार्य, र्‍याली तथा झाँकी मूल्याड्ढन समिति संयोजक तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर उपाध्यक्ष मनपति भण्डारीले बोलेका थिए।

कार्यक्रममा लोकदोहोरी गायक शिवहरि ढुंगाना, लक्ष्मी नेपाली, माया गिरी, सरस्वती परियारको विशेष प्रस्तुति रहेको थियो। राष्ट्रिय माविकी छात्रा ऋतु केसीले सचेतनामूलक अभिनय देखाएको कार्यक्रममा देवीस्थान भजन समूह र कास्की जिल्ला शारीरिक सुगठनबाट पनि प्रस्तुति रहेको थियो। बगर केन्द्रका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वसन्त बास्तोलाले स्वागत र लोकदाहोरी गायक सुरेन्द्र गुरुङले सञ्चालन गरेका थिए

Related News

सम्बन्धित समाचार

  • सामाजिक सुधारक माधव पौडेलको स्मरण

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहीबार सम्पन्न भयो । सभाको…
  • गणेशमान सिंहको स्मृति दिवस

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । गणेशमान सिंह फाउन्डेसन कास्कीको आयोजनामा मंगलबार सिंहको २६ औं स्मृति दिवस मनाइएको छ । त्यस अवसरमा प्रवचन कार्यक्रम…
  • यातायात पत्रकारिता पुरस्कारबाट ऋषिकान्त सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८०’ बाट ऋषिकान्त पौडेल सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले नेपाल पत्रकार महासंघ कास्कीको…
  • खुल्यो मोहोरियामा कृषि सहकारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    लेखनाथ । पोखरा वडा ३० र ३१ को संगमस्थल मोहोरीयामा मोहोरीया कृषि सहकारी संस्था लि. सञ्चालनमा आएको छ । पोखरा…
  • जापानमा मौलिक फोटो प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । कास्की पोखरा समाज जापानले मौलिक फोटो प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । सोही अवसरमा नेपाली दिदीबहिनीलाई दर समेत…

hero news full width