पोखरा, ५ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आवश्यक तयारी पूरा भएको छ । आयोजक भूपू खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गरी प्रतियोगिता आवश्यक तयारी पूरा भएको जनाएको हो । मञ्चका अनुसार फागुन ७ गते ३ हजारभन्दा बढी पोखरेली ‘रन फर फनका’ लागि दौडने भएका छन् ।
मञ्च अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबारसम्म नाम दर्ता गराइसकेको जानकारी दिए । प्रतियोगिताका लागि ४ सय मि. हृवीलचेयर पुरुष, १ सय मि. हि्वल चेयर महिला र १ सय मि. दृष्टिविहीन दौडको दर्ता कार्य अझै जारी छ ।
विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउनु रहेको बताउँदै अध्यक्ष गुरुङले पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाउन म्याराथन प्रतियोगिताको आयोजना गरिएको स्पष्ट पारे ।
पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगितालाई थप ब्यवस्तित बनाउन योजनाबद्ध तवरले काम थाल्ने बताए । मेयर जिसीले भने-‘महानगरले महत्वका साथ यसका लागि सहयोग गर्नेछ र यसलाई वाषिर्क क्यालेण्डरमा पार्नेछौ ।’
पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दुधले २ वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगरपालिका रहेको छ भने सहप्रायोजक एड्भेन्चर स्पोर्ट्स नेपाल प्रालि, गण्डकी विकास बैंक हो । उपप्रायोजकमा लुम्बिनी विकास बैंक र सहारा युके छन् ।
प्रतियोगिताको प्राविधिक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति र साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगायत संस्थाहरु रहेको आयोजकले जनाएको छ ।
बिहान ठिक ६ बजे शुरु हुने पोखरा म्याराथनमा प्रथम हुनेले ७० हजार, दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार र चौथोले सान्त्वना स्वरुप ५ हजार प्राप्त गर्ने छन् ।
१० किमी पुरुष-महिला दौडमा प्रथमले १५ दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गर्ने छन् ।
५ किमी छात्र-छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ४ सय मि. हृवीलचेयर पुरुष-महिला र १ सय मिटर दृष्टिविहीन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमशः ५, ३ र २ हजार रुपैयाँ पाउने छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९