पोखरा, ५ फागुन। पोखरामा जारी बृहत् सफाइ अभियान वडा न. २५ स्तित सेती नदी किनार मसिनाबगरमा सम्पन्न भएको छ।
९० औं हप्ताको सफाइ कार्यक्रममा झण्डै ५ टन फोहरमैला संकलन गरी व्यवसथापन गरिएको अभियन्ता ममता सुनामले बताइन्।
‘हप्तामा एक घण्टा, राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नारासहित संचालित सफाइ अभियानमार्फत घाट वरपर बसोबास गर्ने मानिसलाई सेती नदीमा फोहरमैला नगर्न प्लाष्टिकजन्य पदार्थ नलगाउन र त्यस क्षेत्रबाट उत्पादन हुने फोहरमैलाको सही व्यवस्थापन गर्न उत्प्रेरित गराउनु हो। यसअघि राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा नमूना टोल आमा समूह अध्यक्ष प्रेमदेवी परियारले उपस्तित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएकी थिइन्।
संघीय प्रहरी इकाइ कार्यालय गण्डकी अञ्चल प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतमले सेती नदी किनारको फोहर उठाएर कार्यक्रम शुभारम्भ गरेका थिए।
सफाइ अभियानका लागि मुक्तिनाथ विकास बैंकका तर्फबाट अधिकृत ध्रुवराज रेग्मीले ५ कार्टुन डिस्पोजल ग्लोब हस्तान्तरण गरेका थिए। यसपटकको सफाइ अभियानलाई नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, रेडियो हेमजा, माछापुच्छे्रे महिला क्लब पोखरा ७, अभियान क्लब महिला उपसमिति पोखरा ५, नमूना टोल आमा समूह पोखरा २५ लगायत स्थानीय मसिना बगरमा टोलबासी लगायत सामाजिक अभियन्ताले साथ दिएका थिए।
कार्यक्रममा वडा सदस्य जितबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए। ९१ औं हप्ताको सफाइ कार्यक्रम सेती-याम्दी दोभानमा हुने बृहत सफाइ अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९