पोखरा, ५ फागुन । हुरे फिल्म यूनिटले लामाचौर अपांगता स्वावलम्बन समाजद्वारा सञ्चालित बौद्धिक अपांगता भएकाका लागि दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ ।
फिल्म युनिटतर्फबाट नायिका जया श्रेष्ठले संस्थाका अध्यक्ष रमेश कार्कीलाई २० हजार रुपैयाँ प्रदान गरिन्। आमा बुबा ट्रस्टकी प्रबन्ध निर्देशक समेत रहेकी श्रेष्ठले आगामी दिनमा पनि संस्थालाई सहयोग जारी रहने आश्वासन समेत दिइन्।
लामाचौर अपांगता स्वावलम्बन समाजले आयोजना गरेको संस्था शुभारम्भ कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले अपांगता भएकालाई बोझको रुपमा नहेर्न आग्रह गरे। उनले अवसर पाए अपांगता भएका व्यक्तिले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
फिल्मका निर्माता सोनम लामाले आफ्नो सहयोग यस्तै समाजसेवामा जारी रहने बताए। समाजसेवी सविन जिसीले संस्थाको दिवा सेवा केन्द्रका लागि २५ हजार सहयोग गर्ने घोषण गर्दै सबैको सहयोगले संस्थाले दिगोपन पाउने बताए। पहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङले अपांगता भएकाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याउनु राम्रो विषय भएको बताए। पोखरा १९ का वडा सदस्य कृष्णप्रसाद गौतमले उक्त अभियानमा वडा कार्यालयले सहयोग जारी राख्ने बताए। संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अञ्जना केसी, हेम गुरुङ, दुर्गा बस्नेत, कृष्ण ज्ञवाली, सरिता केसी, सुशीला भुजेल लगायतले बोलेका थिए । केन्द्रमा पोखरा १५ र १९ का १० जना बौद्धिक अपांगता भएकाले सेवा लिइरहेका छन्।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९