पोखरा, ५ फागुन । टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबलको उपाधि ठमेल युनाइटेडले हात पारेको छ ।
फाइनलमा ठमेल युनाइटेडले पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघलाई ६७-५० को स्कोरमा पराजित गर्दै उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरेको हो । उसको यो दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।
उपविजेता पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो । सर्वाधिक स्कोर गर्ने खेलाडी पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघका सनबहादुर बुदुजा पुन घोषित भए ।
कास्की जिल्ला बास्केटबल संघको आयोजना भएको उक्त प्रतियोगितामा जितका लागि प्रतियोगितामा सवोर्त्कृष्ट खेलाडी घोषित कर्मा गुरुङ एक्लैले ३० स्कोर गरेका थिए ।
विजेतालाई बतास ब्रदर्श प्रालिका निर्देशक विपेन्द्रराज बतास, प्रतियोगिताका संयोजक नाराणयप्रसाद शर्मा, समाजसेवी कर्नल जेपी क्रस, हिसान कास्कीका अध्यक्ष रामजीप्रसाद शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, नेपाल भलिबल संघका सचिव डिबी नेपाली, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठक, बास्केटबल संघ कास्कीका सचिव ध्वजकुमार गुरुङ लगायतले खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।
कास्की जिल्ला बास्केटबल संघका नेत्रबहादुर सेनको अध्यक्षतामा भएको प्रतियोगितामा पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघका ५८ वर्षीय दलबहादुर पुनलाई सम्मान गरिएको थियो । ३ दिनसम्म चलेको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९