लेखनाथ,३ फागुन । ४ नं प्रदेश नेपाल प्रहरी श्रीमती संघले पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ को जनप्रकाश माविमा अध्यानरत दृष्टिविहिन बिद्यार्थीहरुलाई सहयोग गरेको छ। नेपाल प्रहरीले जसरी देश र जनताको सेवा गर्छ त्यसैगरि प्रहरीका परिवारले पनि सामाजीक क्षेत्रमा सहयोग गर्नु पर्छ भन्ने मान्यताले उक्त विद्यालयमा अध्यानरत १४ जना विद्यार्थीहरुका लागि आवस्यक पर्ने सेतो छडी लगायतका अन्य आवश्यक सामाग्री प्रदान गरेको हो।
सहयोग सामाग्री हस्तान्तरण गर्दै संघकी अध्यक्ष महिमा बमले मानवीय सेवाका लागि गरिने जुनसुकै काममा पनि आफूहरुले सहयोग गर्दै आएको र जहाँ जेको आवश्यकता छ, त्यही चिजको प्राप्तीले मात्र मनमा शान्ति मिल्नेमा जोड दिएकी थिइन।
जनप्रकाश मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा, सामुदायिक सेवाकेन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, नेेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी र शिक्षक शालिकराम सुवेदी लगायतले सहयोगी मनहरुलाई स्वागत गर्दै सहयोग दिए वढ्ने र नदिए घट्ने यथार्थकाबारे चर्चा गरेका थिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९