पोखरा, ३ फागुन। कम्प्युटर एशोसियशन नेपाल (क्यान) कास्कीको आयोजनामा पोखरामा शुक्रबारदेखि नवौ संस्करणको क्यान इन्फोटक – २०१८ शुरु हुदैछ।
पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने इन्फोटक फागुन ८ गतेसम्म चल्नेछ। पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी इन्फोटकको तयारी पूरा भएको क्यान कास्कीका सचिव विकास भुतेलले जानकारी दिए। कम्यूटर तथा सूचना प्रविधि सम्वन्धि अत्याधुनिक एवं नविनतम प्रविधिबारे जानकारी दिदै ग्रामीण क्षेत्रसम्म सूचना प्रविधिको पहुँच पुर्याउँने उद्देश्यले इन्फोटेक गर्न लागिएको हो।
इन्फोटेकमा सूचना प्रविधिसँग सम्वन्धित एक सय २० वटा स्टल रहने छन्। एक लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ। इन्फोटेकबाट बचत भएको रकम सूचना प्रविधिको विकाससँग सामाजिक उत्तरदायित्व वहन गर्नका लागि खर्च गरिने छ।
मेलामा सूचना प्रविधि प्रदर्शनीसँगै प्रदेश नम्बर ४ स्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेष्ट, कम्युटर तथा ल्यापटपको निःशुल्क मर्मत गरिनेछ। विभिन्न सामाग्रीमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ। इन्फोटेकको मुख्य प्रायोजन गर्ने हाइटेक इन्जिनियरिङ प्रा.लिका अरुण वंशालले डिजिकमका सवै उत्पादनमा २० प्रतिशत छुट दिने जानकारी दिएका छन्।
सांसद रवीन्द्र अधिकारीले शुक्रबार इन्फोटेकको उद्घाटन गर्ने छन्। इन्फोटेकमा शुक्रबार कलाकारहरु दिपकराज मिश्र र दिपाश्री निरौला पनि सहभागी हुने बताइएको छ। क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष विश्वास भण्डारीले स्वागत र सहसचिव शेवक क्षितिजले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९