पोखरा, ३ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना र्याली निकालिने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान-२०७४ अन्तरगत फागुन ५ गते शनिवार बिहान साँढे दशबजे लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना र्याली निकालिन लागिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ वगरकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिइन्।
र्याली पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ वगरको टुडिखेलबाट शुरु भई विन्ध्यवासिनी, मोहोरियाटोल, भिमसेनटोल, नालाकोमुख, गैह्रापाटन, नदिपुर, क्याम्पसगेट, भिमकालीपाटन हुँदै पुनः टुडिखेलमा आएर सभामा परिणत हुनेछ। र्यालीलाई सफल बनाउनका लागि विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्था, आमासमूह, क्लब, टोलविकास संस्था, लागु औषध नियन्त्रण महाअभियान वडास्तरिय समितिबाट लागु औषध सम्वन्धि प्लेकार्डसहित उपस्थित हुन अधिकारीले आग्रह गरिन्।
‘समाजमा जनचेतना जागाउनका लागि पनि र्यालीको आयोजना गरिएको हो’-अधिकारीले भनिन् – ‘र्यालीमा सहभागि भइ कार्यक्रम सफल बनाउनका लागि यहाँहरुसँग अनुरोध गर्दछु।’ लागु औषध विरुद्व जनमत निर्माणका लागि र्याली गर्न लागिएको कार्यक्रम संयोजक तथा केन्द्रका सहसचिव बसन्त बास्तोलाले जानकारी दिए।
सामुदायिक सेवा केन्द्र एव्म सामुदायिक प्रहरी सेवा पोखरा-१ वगरले समाजमा रहेका विकृति विसंगती न्यूनिकरणका लागि मिति २०५९ सालमा स्थापना भइ विभिन्न सचेतनामूलक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९