आशाको जीवन र जनयुद्ध

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७४
Asha Koirala

पोखरा, २ फागुन। आशा कोइराला प्रदेश नं ४ की प्रदेशसभा सदस्य हुन्। उनी तनहुँको निर्वाचन क्षेत्र नं २(२) बाट साझा वाम उमेद्वारका रुपमा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभा सदस्य बनेकी हुन्। माओवादी केन्द्रकी आशा साझा वाम उमेद्वारका रुपमा तनहुँको उक्त निर्वाचन क्षेत्रबाट प्रतिद्वन्दी काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेललाई झिनो मत अन्तरले हराउँदै प्रदेशसभा सदस्य बन्न सफल भएकी थिइन्।

विद्यालयको प्राथमिक तह कक्षाको विद्यार्थी जीवनकालदेखि नै आशा नेपालको कम्युनिष्ट आन्दोलनको निकट रहिन्। गोरखाको नारेश्वर भोकतिनीस्थित बिन्दवासिनी माविमा चार कक्षा पढ्दादेखिनै कम्युनिष्ट विद्यार्थी संगठनका आन्दोलनलाई नजिकबाट नियालेको आशाले सम्झन्छिन्। कम्युनिष्ट पक्षधर त्यतिबेलाको विद्यार्थी आन्दोलन आशाको संर्घष्ापूर्ण जीवनका लागि मार्गर्दर्शन बन्न पुग्यो।

आशा, कम्युनिष्ट आन्दोलनको पछिल्लो समयमा माओवादी बिचारधाराबाट प्रभावित भइन् र सक्रिय बनिन्। नेपाली र अर्थशास्त्र बिषयमा गोरखा क्याम्पसबाट बीएड शिक्षा पूरा गरेकी आशाले कम्युनिष्ट आन्दोलनको विभिन्न भूमिकामा रहेर कामसमेत गरिन्।

आफू माओवादी कम्युनिष्ट आन्दोलनमा लाग्दा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यदेखि शिक्षक संगठन तनहुँको जिल्ला सदस्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीको सचिवालय सदस्य, पार्टीको केन्द्रीय र पोलिटब्युरो सदस्यसमेतको भूमिकालाई कुशलतापूर्वक निभाएको आशा बताउँछिन्। माओवादी आन्दोलन र शसश्त्र जनयुद्धको कुशल संगठकको रुपमा उनी चिनिन्छन्। यस्तै मूल्याङ्कन गरेर नै माओवादी पार्टीले आशालाई उच्च मूल्याङ्कन गर्दै दोस्रो संविधानसभाको सदस्य र महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसम्म पुर्‍यायो।

यद्यपी, ०६४ को पहिलो संविधानसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा तनहुँबाट चुनाव हारेपनि ०७० को दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सभासद बनेर नेपालको नयाँ संविधान निर्माण गर्न आशाले उल्लेख्य भूमिका निर्वाह गरिन्। यो आफ्नो जीवनमा सुनौलो अबसर भएको आशाले बताइन्। नयाँ संविधान बनिसकेपछिको रुपान्तरित व्यवस्थापकीय संसदमार्फत माओवादी-काँग्रेस गठबन्धनमा उनी करिव तीन महिना देउवा नेतृत्व सरकारको महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रुपमा सक्रिय रहिन्। बाँकी ६ महिना देउवा सरकारको बिना विभागीयमन्त्रीमा सिमित रहिन्। एमाले-माओवादीको वामपन्थी गठबन्धनपछि देउवा सरकारमा संलग्न माओवादीबाट मन्त्री बनेकाहरुलाई प्रधानमन्त्री देउवाले बिना बिभागीयमन्त्री बनाएपछि उनी बिना विभागीयमन्त्री बन्न पुगेकी थिइन्।

आशा खनाल र आशा कोइराला एउटै पर्याय व्यक्ति हुन्। माओवादी जनयुद्धकालमा पार्टीभत्र आशाको नाम ‘सरला’ थियो। जनयुद्धमा जानुभन्दा अघि उनी तनहुँमा स्थायी शिक्षिका थिइन्। जनयुद्धमा लाम लाग्नुभन्दा पहिले आशाले स्थायी शिक्षिकाका रुपमा दश बर्ष बिताइन्। उनीसंग एउटामात्रै सानी छोरी अस्मिता थिइन्। पेशा र छोरी दुबैलाई ध्यानमा राखेर जनयुद्धको तयारीदेखि नै आशाले पार्टीलार्इ उत्तिकै सकेसम्मको भूमिका निर्बाह गर्दै गइन्। अत्यन्त प्रतिकूल परिस्थितिमासमेत आफूले पार्टीर जनयुद्धलाई केन्द्रभागमा राखेर निष्ठापूर्वक काम गर्दै गएको उनले बताइन्। ‘पार्टीले दिएको जिम्मेवारी पूरा गरे,’ आशा भन्छिन्, ‘चाहे प्रहरी हिरासतमा होस। चाहे सैनिक हिरासतमा। चाहे दुस्मन सेनाको घेराभित्र घाइते अबस्थामा होस। चाहे जेलका चिसा छिंडीहरुमा होस। मैले मेरो स्वाभिमानी शीर झुक्न कहिल्यै दिइन।’

‘यदि तिमी संसार फेर्न आँट गर्छौ भने तिमिले हरेक यातनाका दस्तावेजमा हस्ताक्षर गर्ने साहस गर्नैपर्छ। चाहे त्रि्रो भागमा मृत्यु नै किन नपरोस।’ यही सिद्धान्त आशाका लागि अडिग रहिरहृयो। यही सिद्धान्तमा नै रहेर आशालाई ६ महिने हिरासत, ४ बर्षे जेलजीवन सहज बनेको थियो। ‘यातना त बुझने कुरा हो,’ उनले भनिन्, ‘जनयुद्धको त्यो भीषण आँधिबेहरीमा दुस्मन सेनाको किल्लाभित्र बिताएका ६ बर्ष कस्तो रहृयो होला ? जो कसैले अनुमान गर्न सक्छन्।’

पूर्णकालीन सदस्य रहेर जनयुद्धमा लाम लाग्दा तनहुँको सतिस्वाँरास्थित चिहानडाँडाबाट पाँच जना सहयोद्धासहित आशा पहिलोपटक पक्राउ परिन्। ३५ दिनको हिरासत र एकमहिने जेलजीवन पूरा गरी आशासहित ६ जना धरौटीमा छुटे। तनहुँको कारागरमा महिला राख्ने ठाउँ नभएका कारण तनहुँमा पक्राउ परेकाहरुलाई कास्की कारागरमा राख्ने गरेको आशा सुनाउँछिन्। पहिलोपटकको एकमहिने जेलजीवन सकेर धरौटीमा छुटेको हप्ता दिनभित्र आशा पुनः दोस्रोपटक पक्राउ परिन्।

तनहुँबाट जनयुद्ध सहिद बनेका शोभाकान्त पोखरेलको ४५ औं स्मृति दिवस मनाउन जाँदै गर्दा तनहुँको जामुनेस्थित आफ्नै घर नजिकबाट आशा पक्राउमा परिन्। त्यतिबेला, आफूले हिरासतको यातनासहित सुरक्षा ऐनको मुद्दा खेप्नुपरेको आशा सुनाउँछिन्। ‘त्यतिबेला काठमाण्डौंको सिंहदरवारदेखि विभिन्न वडा प्रहरी कार्यलयहरुमा पुर्‍याइन्थ्यो,’ आशाले सुनाइन, ‘सुरक्षा ऐनको मुद्दा लगाएको थियो। ६/६ महिनामा अदालतले छाड्थ्यो, अदालत परिसरबाटै सुरक्षा निकायले अर्को पक्राउ पुर्र्जी थमाएर पक्रन्थ्यो।’

आफूलाई तनहुँ लगायत कास्की, काठमाण्डौं, बिरगञ्ज, महोत्तरी र बारा जिल्लाको कारागरमा आफू हिरासत र जेल बसेको आशासंग अनुभव छ। ‘काठमाण्डौंको सिंहदरवारदेखि, बानेश्वर र बौद्धसम्मको कुनैपनि वडा प्रहरी कार्यलयहरुमा नबसेको ठाउँ रहेन,’ आशाले सुनाइन्। दोस्रोपटक बाबुराम भट्टराईको संयोजकत्वमा वार्ताटोली बनेपछि ०५८ भदौ १४ गते जेल जीवनबाट आशाले छुट्कारा पाएकी थिइन्। ०६२ साल जेठ ४ गते युनिफाइड कमाण्डको घेरामा परी घाइते अबस्थामा रहँदाको आशाका लागि कहिल्यै नमेटिने अबिष्मरणीय क्षण रहृयो। पार्टीसदस्य मादले दाइले आशालाई डोकोमा बोकाएर लगे सामुङबाट राम्जाकोट पुगेर हेलिकप्टरमा डोको बिसाएर र्फकने बेला ‘दाइ, सबैलाई अभिबादन भनिदिनु भनेपछि मादले दाइले आँखाभरी आँसु पारेर फर्किएको दिन आशाले कहिल्यै बिर्सन सकेकी छैनन्। जनयुद्ध वर्षगाँठमा जनयुद्धको एउटा योद्धा भएको हैसियतले आशाले ऐतिहासिक संबिधानसभाको गहन जिम्मेवारी निर्वाह गर्दै नेपाली जनताको पक्षमा निर्मित नयाँ संविधानमा हस्ताक्षर गर्ने सुनौलो अवसर पाइन्। यसले आशालाई अति गौरवान्वित बनाएको छ। नेपाल सरकारको मन्त्रीसमेत बनेर रास्ट्रको केन्द्रीय भूमिकामा रही काम गर्ने मौका आफूलाई मिलेको सुखद अनुभव आशाले सुनाइन्।

‘छोटै अवधीमा भएपनि नयाँ अनुभुति गर्न पाएको छु,’ आशाले भनिन्, ‘अहिले भर्खरैमात्र तनहुँ २ (२) बाट प्रदेशसभा सदस्यको रुपमा निर्बाचित बन्ने सुनौलो अबसर पाएको छु। नितान्त नयाँ संरचनामा काम गर्ने थप अबसर पाएको छु। यो श्रेय मेरो पार्टी महान सहिद र बेपत्ता योद्धा, घाइते र अपाङ्ग योद्धा र लाखौं कार्यकर्ता अनि आम आदरणीय जनसमुदायलाई जान्छ। यसर्थ मलाई जनताको सेवक बन्ने राम्रो र चुनौतीपूर्ण अबसर प्राप्त भएको छ। मैले विशेष जिम्मेवारीबोधको अनुभव गरेको छु। सदैव जनउत्तरदायी हुन प्रेरित गरेको छ । हिजोका दुख कष्ट बिर्सिएको छु।’

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width