पोखरा, २ फागुन। नेपालय इन्टरनेशनल काठमाडौंले पोखराबाट तेस्रो एक्र्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु गर्ने भएको छ।
पोखरा रगंशालाको क्रिकेट मैदानमा फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ। पोखरामा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी शुरु गरेको जनाएको छ। प्रतियोगितामा कास्की र आसपासका जिल्लाका गरी १२ समूहको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता संयोजक विधान श्रेष्ठले बताए।
प्रतियोगितालाई एक्र्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गर्ने छ भने राष्ट्रिय खेलकुद परिषद् र हिसानले समन्वय गर्ने छ।
कास्कीको पोखराबाट शुरु हुने यो प्रतियोगिता एक महिनाभित्र काठमाण्डौं, नारायणगढ, भैरहवा, दाङ, नेपालजगञ्ज, इटहरी, धनगढी र विर्तामोडमा संचालन गरिने छ। प्रत्येक जिल्लामा सञ्चालित प्रतियोगिताको बिजेता समूहका खेलाडीहरु ड्युज क्रिकेट ब्याट, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
रनर अपलाई स्पोर्टस वयर किट, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेष्ट ब्याट्स मेन, बेष्ट बलर र फ्यान अफ दि डेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
जिल्ला/जिल्लाका बिजेता समूहबीच प्रतिस्पर्धा गराई बिजेतालाई एक्र्सपर्ट च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधी प्रदान गरिने नेपालय इन्टरनेशनलका पोखरा प्रतिनिधि भगवान श्रेष्ठले जानकारी दिए।
प्रत्येक जिल्लामा प्रतियोगिता सञ्चालन गर्नका लागि १० लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क २० हजार तोकिएको छ। खेलाडीहरुलाई आयोजकले नै जर्सीर टाउजर उपलब्ध गराउने छन्। प्रतियोगिता २०/२० ओभरको लिग कम नकाउटका आधारमा खेलाइने छ। पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, हिसान कास्कीका अध्यक्ष रामजी शर्मा र एक्र्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक रमेश थापाले बोलेका थिए।
कार्यक्रममा खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशव पाठकले राष्ट्रिय खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता जरुरी भएको बताए। एक्र्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक रमेश थापाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगितालाई सहयोग गरेको उल्लेख गरे।
हिसान कास्कीका अध्यक्ष रामजी शर्माले पोखरामा क्रिकेट गतिविधि कम भएको महसुस भएको बेला यो प्रतियोगिता हुनु खुशीको विषय भएको बताए।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९