पोखरा, २ फागुन। प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थिएटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गर्न्धर्व नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे।
समारोहमा बोल्दै दुवैजनाले पोखरा थिएटर उद्घाटन गर्न पाउनु आफूहरुको अहोभाग्य भएको बताए। पोखरा थिएटर र पोखरेली रगंमञ्चप्रति सधै साथ, सहयोग रहने प्रतिवद्धता दुवैजनाले जनाए। थिएटरका संरक्षक शंकरनाथ कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, मञ्डला थिएटरका निर्देशक राजन खतिवडा, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की, सल्लाहकार रुपेन्द्र प्रभाबी लगायतले पोखरेली रगंमञ्च र पोखरा थिएटरको बारेमा भनाई राखे। नाटकघर सञ्चालनमा आएसंगै पोखरेली रगंमञ्चले नयाँ गति लिने अपेक्षा गरिएको छ। थिएटरमा परिवर्तन कार्की, दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको संयुक्त लगानी रेहेको छ। उद्घाटनसंगै पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भयो।
नाटक मञ्चनसंगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वषौर्देखिको सपना पूरा भएको छ। नाटक हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा कलाकार उत्साहित बनेका छन्। झण्डै दुर्इ घण्टा लामो नाटकले छिनमा हसाँउछ। छिनमा रुवाउँछ। घरी गम्भीर बनाउँछ। नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभूषाले दर्शकलाई आर्कषित गर्छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय छ। नाटकमा पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतमको अभिनय, धनबहादुर गायकको वाजाको धुनले पोखरेली रगंमञ्चको माया गर्नेहरुलाई थप उत्साहित बन्नायो।
साथमा विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङको दोहोरो भुमिका अलावा सेनापती बनेका रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बिसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरङ्ग ल्याएको कारण नाटक हेर्न पुग्नेको भिड बढ्ने अपेक्षा गरिएको छ। थियटरका अध्यक्ष परिवर्तनको संयोजनमा मञ्चन हुने नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन्।
सर्वसाधरणको लागि नाटक फागुन ३ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ। शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त शोसमेत हुनेछ। नाटक हेर्न तीनसय र पाँचसय दरको टिकट काट्नुपर्नेछ। विद्यार्थीको हकमा एकसय दरको टिकट लाग्नेछ। नाटकघरमा पुगेर नाटकको वास्तविक स्वाद लिन सबै नाट्यप्रेमीमा थिएटर अध्यक्ष परिवर्तन कार्कीको आग्रह छ।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९