तझ्यालाई एसकुमारी स्मृति मानवअधिकार पुरस्कार

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७४
Parmila Tajhya, Hurja

पोखरा २ फागुन।मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा सञ्चालित प्रदेश ४ स्तरिय एसकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार प्रमिला तझ्यालाई प्रदान गरिने भएको छ।

संस्थाले प्राप्त आवेदनमध्ये उत्कृष्टताका आधारमा तझ्यालाई पुरस्कृत गर्न लागेको संघका अध्यक्ष राजेश पराजुलीले बताए। पुरस्कार विनियमावली निर्माणसहित विभिन्न पत्रपत्रिकामा सूचना प्रकाशन गरी प्रतिभा आह्वान गरेको र प्राप्त २३ आवेदनमध्ये तझ्यालाई चयन गरिएको विनियमावली निर्माण उपसमिति संयोजक असफल गौतमले जानकारी दिए। उक्त पुरस्कारको राशि नगद १५ हजार १५ रुपैयाँ रहेको छ। तझ्या २०६१ सालदेखि मानवअधिकारका लागि महिला एकल महिला समूह, महिला आधार बचत तथा ऋण सहकारी सस्था, साथी नेपाल, अस्पतालमार्ग पुरानो धारा टोल विकास संस्थालगायतका विभिन्न संस्थामा आवद्ध भएर काम गर्दै रहेकी छन्।

पिता जूननारायण श्रेष्ठ र माता सुनमाया श्रेष्ठका कोखबाट २०२५ असार २५ गते जामुनेभञ्याङ तनहुँमा जन्मेकी तझ्या विवाहित एकल महिला हुन्। २०४६ सालको वैशाख २५ गते कृष्णकुमार तझ्यासँग वैवाहिक जीवनमा प्रवेश गरेकी तझ्याका श्रीमान्को २०५५ असार १ गते स्वर्गारोहण भएको थियो। पोखरा लेखनाथ महानगरपालिका ११, रानीपौवा बस्दै आएकी तझ्याका एक छोरा र एक छोरी रहेका छन्। प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी तझ्या २०५५ सालदेखि पृथ्वीनारायण क्याम्पसमा मूख्य कार्यालय सहायकको रुपमा कार्यरत रहेकी छन्। उक्त पुरस्कार जिसीको ३० औं वाषिर्क पुण्यतिथिका अवसरमा जिसीको जन्मस्थल बाटुलेचौरमै वितरण गरिने संघका अध्यक्ष पराजुलीले जानकारी दिए।

महिलाअधिकारका क्षेत्रमा क्रियाशील एसकुमारी जिसीको स्मृतिमा उनको परिवारद्वारा स्थापित अक्षयकोषबाट दुर्इ/दुर्इ वर्षमा पुरस्कार वितरण गर्ने गरी उक्त पुरस्कार सञ्चालन गरेको संस्थाका निर्देशक कृष्ण अन्जान ज्ञवालीले बताए। संघले प्राप्त आवेदनका आधारमा योग्य प्रतिभा छनोटका लागि प्राध्यापक साहित्यकार कुञ्जराज थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

एस कुमारी जिसी तत्कालीन महिला तथा बालबालिका मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विकास कार्यालयको अधिकृतका रूपमा स्याङ्जाको वालिङमा कार्यरत रहँदा स्वर्गारोहण भएको पुरस्कारका संस्थापक सविन जिसीले बताए। २०१४ कार्त्तिक १३ गते पोखराको लामाचौर-१९ मा जन्मेकी जिसीको २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width