bdr
पोखरा, २ फागुन।धार्मिक पर्यटनको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा टेवा दिने उद्देश्यले पोखरा-२६ जलधारेमा आठौं सिलिङ्गे महाशिवरात्री मेला सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि सभासद सूर्यबहादुर केसीले हिन्दू धर्मबाट नै अन्य विभिन्न धर्म जन्मिएको बताए। केसीले पुरानो धर्म नै हिन्दू धर्म भएकाले सबै धर्मको सम्मान गरिनुपर्नेमा जोड दिए।
जटाशंकर धार्मिक विकास समितिले आयोजना गरेको मेलामा युवा पण्डित रामप्रसाद सिग्देलको प्रमुख वाचक रहेका थिए। मेलामा विभिन्न भजन तथा राष्ट्रिय कलाकारले प्रस्तुती राखेका थिए।
सो अवसरमा वडाध्यक्ष नारायणप्रसाद बराल, भगवती हाइड्रो पावरका सञ्चालक वसन्तमोहन भट्टराई, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समितिका सचिव मुरारी शर्मा, राखी रेडक्रस उपशाखाका सभापति चन्द्रबहादुर रानाभाट, वडा सदस्य खड्कबहादुर रानाभाट र मुरली थपा लगायतले बोलेका थिए।
सो अवसरमा विजयपुर व्यारेकका दुर्इ सय जनाको टोलीले जटाशंकर शिव मन्दिर परिसरमा सरसफाइ गरेका थिए।
कार्यक्रम विकास समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मेला आयोजक समिति सदस्य विकास रानाभाट गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९