प्रदेश नं ४ को उत्कृष्ठ सामुदायिक विद्यालयको पुरस्कार ालमन्दिर माध्यमिक विद्यालय पोखरा ३, नदीपुरले दोश्रो पटक पाउन सफल भएको छ।
यहि माघ २८ गते नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा काठामाडौंको राष्ट्रिय सभागृहमा सञ्चालित शिक्षा दिवस २०७४ को अवसरमा आयोजित एक समारोहबीच विद्यालयलाई पुरस्कृत गरिएको हो।
उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय र प्रदेश स्तरमा उत्कृष्ठ भएका सामुदायिक एवं संस्थागत विद्यालयलाई पुरस्कृत गरेका हुन्।
उक्त कार्यक्रममा प्रदेश ४ बाट पोखरा ३, नदीपुरको बालमन्दिर माध्यमिक विद्यालय पुरस्कृत भएको हो।
कास्की जिल्लाको शैक्षिक इतिहासमा १२ वर्षदेखि उत्कृष्ठ सामुदायिक विद्यालय हुँदै आएको यस विद्यालयले विगत २०७० मा पश्मिाञ्चलको सर्वोत्कृष्ट विद्यालय र यस शैक्षिक सत्रमा प्रदेश नं ४ को सवोर्त्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार जित्न सफल भएको थियो।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा पनि पोखराका नाम चलेका निजी विद्यालय र सामुदायिक विद्यालयबाट यस विद्यालयमा विद्यार्थीको ओइरो लाग्ने गरेको छ।
विद्यालयले भर्ना हुन आएका विद्यार्थीलाई विगत १० औं वर्ष देखि भर्ना र्फम वितरण गरी आफ्ना आवश्यकता अनुसारका विद्यार्थी संख्या व्यवस्थापन गर्दै आएको छ। अंग्रेजी माध्यमबाट सञ्चालित विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म एक हजार ७८ जना विद्यार्थी अध्ययनरत छन्। यसैगरी, कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा दुर्इ सय ६९ विद्यार्थी अध्ययनरत छन्।
विद्यालय भित्र कक्षा १० सम्मका विद्यार्थीर्का लागि खाजाको व्यवस्था, मल्टीमिडियाबाट कक्षा व्यवस्था, इ-लाइव्रेरी, कम्प्युटर प्रयोगशाला, सी.सी. क्यामराको व्यवस्था, शैक्षिक पात्रो -क्यालेण्डर) बनाएर जिम्वेवारी बाँडफाँड जस्ता व्यवस्थापनका कारण विद्यालयले शैक्षिक गतिविधिमा फड्को मारेको पाइन्छ।
कक्षा ११ र १२ मा आउने शैक्षिक सत्रबाट थप विषयका रुपमा विज्ञान विषयमा कक्षा सञ्चालन गर्ने तयारी तीब्र पारिएको विद्यालयका प्रधानाध्यापक सुशील बस्नेतले जानकारी दिए।
उनले विद्यालयलाई उत्कृष्ठ बनाउन विद्यालय परिवारले अथक मेहनत गरेको बताए।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९