पोखरा, १ फागुन। आज फागुनकृष्ण चतुदशीको दिन महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वणिर्त छ।
फागुन कृष्ण चतुदशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ। माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्वलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व अर्थात जगत्वको कल्याण गर्ने तत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएको हो। व्रतमध्ये सवोर्त्तम महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्ततनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ।
राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ। कैलाशकूट र किराँतेश्वर सहित आश्रममा शास्त्रीय नाचगान गरिन्छ। महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीथयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ। पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ। यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।
शिवरात्रीको पूर्वसन्ध्यामा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज गुहृयेश्वरीदेखि नयाँ बानेश्वरको छक्कुबक्कुसम्म शिवपार्वती रथयात्रा निकाल्ने कार्यक्रम छ।
शिवरात्री पर्वका अवसरमा पोखराका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना भएका छन्। जसअन्तर्गत लाहाचोकको बानेटाकुरामा महाशिवरात्री महामेला-२०७४ सञ्चालन भइरहेको छ। यसैगरी, लेकसाइड हल्लनचोकमा फागुन १ साँझ ६ बजेदेखि ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने सत्याकृत व्याण्डका म्यानेजर विजय गौतमले जानकारी दिए।
यस्तै, राष्ट्रिय महासंघ नेपालद्धारा संरक्षित पशुपति मन्दिर तथा पशुपति शान्ति सेवा आश्रम पोखरा लेखनाथ-२९ पट्नेरीको आयोजनामा पण्डित कमलनयन गौतमको शत्संकल्पमा शिवरात्री विशेष कार्यक्रम हुने भएको छ।
यसैगरी, स्याङ्जाको छायाँक्षेत्रमा महाशिवरात्री पर्वको तयारी गरिएको छ। छायाँक्षेत्र शिवमन्दिर सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले महाशिवरात्री पर्वलाई व्यवस्थित गर्न एकसय एक सदस्यीय मूल समिति तथा विभिन्न दशवटा उपसमिति गठन गरी तयारीलाई तीब्र पारिएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९