काठमाडौ, २९ माघ। नेकपा एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रियामा गतिरोध आएको अडकलवाजीकासाथ विभिन्न टिक्काटिप्पणी सार्वजानिक हुन थालेपछि पार्टीएकीकरणबारे दुवै दलका नेतृत्ववीच छलफलले त्रि्रता पाएको छ।
केही दिनयता दैनिकजसो घण्टौ छलफलमा जुटिरहेका नेताहरुले एकता पहल सकरात्मक रुपमा अघि बढेको दावी गरेका छन्। सोमबार समेत दुवै पार्टीका अध्यक्षवीच छलफल भएको र मंगलबार पुनः छलफल गरी एकतामा विवादित बुँदाहरु लगभग टुङ्ग्याउने तयारीमा रहेको नेताहरुले दावी गरेका छन्।
सोमबार भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा यही साताभित्र पार्टीएकता गरिसक्ने सहमति भएको नेताहरुले दावी गरेका छन्। ललितपुरको मानभवनमा दिउँसो भएको एक्ला-एक्लै छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टीएकीकरण गर्ने सहमति गरेका हुन्। पार्टीएकीकरणको नेतृत्व र स्वरुपबारे मंगलबार बिहान अध्यक्षद्वय फेरि एक्ला-एक्लै छलफलमा बस्ने र त्यसपछि पार्टीएकता संयोजन समितिको बैठक बसेर पार्टीएकताको विषयमा कुरा टुङ्ग्याउने सहमति भएको जनाएको छ।
सोमबारको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टीएकता गरिसक्नेमा सहमत भएको स्रोतले जनाएको छ।
पार्टीएकतापछि ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुने बारेमा सहमतिको खोजी गरिने बताइएको छ। फागुन ६/७ गते पछि सरकार गठन प्रक्रिया अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टीएकता गर्नेबारे पनि छलफल गरेका हुन्।
उच्च स्रोतका अनुसार सोमवारको बैठक सकरात्मक छ। बैठकमा अव दुवै पार्टीका अध्यक्षले आ-आफ्नो पार्टीका थप परामर्श गरेर मंगलावर फेरि ‘वान टू वान’ वार्ता गर्ने सहमति बनेको छ। त्यसपछि मात्र एकता संयोजन समितिको बैठक बस्नेछ, जहाँ एकतावारे ठोस प्रगति हुन सक्छ। त्यसो त ओली र प्रचण्डबीच धेरै पटक ‘वान टू वान’ वार्ता भइसकेका छन्।
एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको बाँडफाँडमा दुर्इ दलवीच कुरा मिलेको छैन। प्रचण्डले एउटाले पार्टीर अकोर्ले सरकार हेर्ने गरी शक्ति बाँडफाँड गर्दा उचित हुने प्रस्ताव अगाडि सारेका छन्। तर, एमाले नेताहरुले भने ओली नै अध्यक्ष र प्रधानमन्त्री बन्नुपर्ने अडान लिएका छन्। यद्यपी, एमालेभित्रै पनि उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरुले मध्यमार्गी बाटोको प्रस्ताव ल्याएका छन्। एमालेको आइतवार बसेको स्थायी समिति वैठकले फागुनभित्र पार्टीएकता पूरा गर्ने निर्णय गरेको थियो। तर, सोमवारमात्रै चितवनमा पत्रकारसंगको कुराकानीमा एकता प्रक्रिया दुर्इ/तीन दिनमा टुङ्गिनुपर्ने बताएका थिए। चितवनमा प्रचण्डले आवश्यक परे फड्को मार्ने अभिव्यक्ति दिएपछि उनको अभिव्यक्तिलाई लिएर विभिन्न आशंकासमेत भएको थियो। प्रचण्डको यस्तो अभिव्यक्ति लगत्तै ओलीसँग ‘वान टू वान’ वार्ता भएको हो।
यसैबीच, एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्ने बताएका छन्। सोमबार काठमाण्डौमा भएको कार्यक्रमा नेता रावलले दुर्इ दलबीच आलोपालो सरकार चलाउने सहमति भएको जानकारी दिएका हुन्।
नेता रावलका अनुसार सोमबार विहान भएको ओली-प्रचण्डवीचको भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी भएको हो। रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टीएकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे भेटवार्तामा छलफल भएको बताए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९