पोखरा, २९ माघ ।पोखरा नदिपुरस्थित धर्मशीला बुद्ध विहारका धर्मानुशासक भिक्षु भन्ते श्रद्धानन्द महास्थवीरको प्रथम वाषिर्की पुण्यतिथि कार्यक्रममा उनको स्मरण गरी सोमबार विहार परिसरमै सम्पन्न भएको छ। धर्मशीला बुद्ध विहार दायकसभाको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले भिक्षु श्रद्धानन्दले बुद्ध धर्मको प्रवर्द्धनमा पुर्याएको योगदानको स्मरण गरे।
भिक्षु धज्जवन्तेले आफू श्रीलंकामा अध्ययनका क्रममा सात वर्ष विताएर पोखरा आउँदा श्रद्धानन्दसँग भेट हुन नपाएपनि उनको गुणको बारेमा आफू जानकार रहेको बताए। उनले भन्तेको इतिहास उदाहरणीय रहेको भन्दै पोखरामै जन्मेर यहींको विहारमा रहेको सिंगो जीवनकालमा ज्ञानको ज्योति बाँडेको उल्लेख गरे।
भिक्षु मिन गुरुले २६ वर्षसम्म एकै ठाउँमा रहेर संगत गरेको उल्लेख गर्दै भन्तेको अभाव खड्किएको बताए। आफ्नो सरल व्यवहार, बुद्ध शासनको नीति नियममा कडापनको स्मरण गरे। गुरुले विहार भासिएर अहिले दयनीय अवस्था रहेकाले सबैको सहयोगमा पुनर्निर्माणको खाँचो औंल्याए। विश्वशान्ति स्तुपा अनदुका अध्यक्ष शंकर गुरुङले संगै पढाउने रत्नमान कायस्थ राष्ट्रिय माविमा सेवा निवृत्त भएपछि भिक्षु श्रद्धानन्द बनेको स्मरण गर्दै आफू चेलो उपासक बनेको जनाए।
दायकसभाका अध्यक्ष कृष्णमान गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा गृहस्थी परिवारका तर्फबाट भतिजो राजेन्द्र कायस्थ, धम्मकाँटा बौद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, बुद्ध जयन्ती मूल समारोह समिति कास्की अध्यक्ष नरेन्द्र लालचनले श्रद्धानन्दलाई स्मरण गरे।
कार्यक्रममा स्वागत उपाध्यक्ष कुलमान बुद्धाचार्य तथा सञ्चालन सचिव श्याम शाक्यले गरेका थिए। कार्यक्रममा पुण्यानुमोदन तथा दान प्रदान गरियो भने सोमबार साँझ ६ बजे श्रद्धानन्दप्रति श्रद्धाभाव व्यक्त गर्दै दीप प्रज्ज्वलन, ज्ञानमाला भजन आयोजना गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९