पोखरामा ‘द लस्ट ट्रायल’ पदयात्रा

आदर्श समाज सम्वाददाता
फागुन १, २०७४

पोखरा, २९ माघ ।पुर्खाले खनेका गोरेटा बाटा ग्रामीण भेगमा यातायातको सञ्जाल विस्तारसँंगै क्रमशः लोप हुँदै गएको सर्न्दर्भमा तिनीहरुको पहिचान, संरक्षण र सर्म्बर्द्धन गर्ने उद्देश्यका साथ पोखराका महिला पर्यटन व्यवसायी जुटेका छन्।

ड्यामसाइडदेखि सुरु भई विश्वशान्ति स्तुपा, अनदु हुँदै लेकसाइडसम्मको करिब ५ किलोमिटर पदयात्राको संरक्षण र प्रवर्द्धन गर्न नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना तथा पर्यटन व्यवसायी महिला संघ नेपाल -टेवान) को सहआयोजनमा ‘द लस्ट ट्रायल’ पदयात्रा सम्पन्न भएको छ।

यातायात साधनको विकास र विस्तारसं’गै छोट्टदिै गएको पर्यटकको बसाइँलाई विभिन्न पदमार्ग र पर्यटकीय केन्द्रको खोजीसँगै लम्ब्याउन सकिने पर्यटन व्यवसायीको दावी रहेको छ। स्थानीय क्षेत्रको प्रचार प्रसार, सम्बन्धित क्षेत्रका व्यवसायको प्रवर्द्धन, कला संस्कृतिको जगेर्ना र पर्यटकलाई मनोरञ्जनको भरपदो माध्यमको रुपमा पदयात्रालाई लिइएको छ। पदयात्राले पर्यटन व्यवसायमात्रै नभै स्वयं पयर्टकलाई पनि विभिन्न फाइदा हुने कुरालाई कसैले नकार्न सक्दैन।

पोखरा पर्यटन परिषद् अध्यक्ष केदारनाथ शर्माले नयाँ नयाँ पदमार्ग र सम्भावनाको खोजी र संरक्षण गर्न सकेमा सिंगो पर्यटन व्यवसायलाई सहयोग पुग्ने बताए। पर्यटन व्यवसायमा संलग्न महिलाहरुको सक्रियतामा हराउँदै गएको पदमार्गको खोजी र प्रवर्द्धन गरिएकोमा खुशी व्यक्त गर्दै शर्माले पर्यटन व्यवसायमा संलग्न अन्य संघसंस्थाले पनि सिको गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पर्यटन व्यवसायलाई प्रवर्द्धन र सर्म्वर्द्धन गर्ने १० वटा कार्यक्रम आयोजना गर्ने योजना रहेको बताए। ड्यामसाइड-स्तुपा-अनादु-लेकसाइड रुट प्रचलनमा आएको रुट भएपनि व्यावसायिक दृष्टिकोणले व्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा सिंगो पर्यटन व्यवसायलाई टेवा पुग्ने बताए। पदयात्राले स्थानीय उत्पादनको अभिवृद्धि हुनुको साथै पर्यटकको पोखरा बसाई थप एक दिन लम्बिने सम्भावना रहेको छ। प्रचार प्रसारको माध्यममार्फत ड्यामसाईड-स्तुपा-अनादु-लेकसाईड रुटलाई स्थापित गर्न सकेमा पोखराको पर्यटनमा नयाँ आयाम बन्ने विश्वास लिइएको छ। यसलाई धार्मिक, मनोरञ्जन, हिमालय दृष्यावलोकन र स्वास्थ्यको दृष्टिकोणले पनि ड्यामसाईड-स्तुपा-अनादु-लेकसाइड पदमार्ग उपयुक्त देखिन्छ। पोखरा भित्रिने पर्यटकमध्ये हाइकिङका सौखिनहरुले मात्रै ड्यामसाइड-स्तुपा-अनादु-लेकसाईड रुटलाई अवसरको रुपमा प्रयोग गर्न सकेमा पर्यटन व्यवसायमा ठूलो प्रभाव पर्ने देखिन्छ।

पोखराको सेरोफेरोमा धरै पर्यटकीय सम्भावनाका धेरै स्थान भएपनि तिनीहरु छायाँमा परेको भन्दै पर्यटन व्यवसायी महिला संघ नेपालकी अध्यक्ष लक्की कार्की क्षेत्रीले सम्भावनाको पहिचान र प्रवर्द्धनमा लाग्ने बताइन्।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले टे्रकिङ रुटका लागि आवश्यक सुरक्षासहित उक्त रुटमा रहेका होटल तथा रेष्टुरेन्टमा सहुलियत दरमा खानपीन उपलब्ध गराउनुपर्ने बताए।

पर्यटकीय सम्भावना बोकेका गोरेटा र स्थानको पहिचान, प्रवर्द्धन र संरक्षण गर्न सकेमा पयर्टकको बसाई लम्ब्याउन सकिने भन्दै उनले पर्यटन वोर्डको अगुवाईमा सबै पर्यटन संघसंस्थाको सहकार्यमा विभिन्न अभियान सञ्चालन गर्नुपर्ने तर्क गरिन्।

पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव कमला गिरीले अभियानसंगसंगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्नुपर्ने बताइन्। पोखराभित्र र बाहिरका पर्यटकीय सम्भावनाको खोजी गर्दै संरक्षण र प्रवर्द्धन गर्नतर्फ टेवान सधैँ लागिरहने गिरीको दावी छ। टेवानको सहआयोजनामा सम्पन्न ‘द लस्ट ट्रायल’ हाईकिङमा पोखराको पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकार सहित ६० जनाको सहभागिता रहेको थियो। स्थानीय सरिता क्षेत्रीले ड्यामसाईड-स्तुपा-अनादु-लेकसाईड पदमार्गको रुट व्यावसायिक रुपमा सञ्चालन भएमा धेरैलाई फाइदा पुग्ने बताइन्। स्थानीय विद्यालयको शिक्षण पेशा त्यागेर पर्यटन व्यवसायमा लागेकी क्षेत्रीले पर्यटकीय, धार्मिक, मनोरञ्जनात्मक र स्वास्थ्यको दृष्टिकोणले पनि यो रुट उत्कृष्ट ठहरिने बताइन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width