काठमाडौं, २८ माघ । आइतबार प्रदेश ४ मा भावी मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलको नेता चयनसंगै सातवटै प्रदेशका भावी मुख्यमन्त्रीको नाम टुङ्गो लागेको छ।
बाम गठबन्धनको सहमति अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले र प्रदेश ६ र ७ मा माओवादी केन्द्रको सरकार बन्ने छ। यस्तै, प्रदेश २ मा भने संघीय समाजवादी फोरम र राजपाको सरकार बन्ने छ। वाम गठबन्धन गरेका एमाले र माओवादीले आफूहरुले मुख्यमन्त्री पाएका २ नम्बर बाहेकका सबै प्रदेशमा मिलिजुली सरकार चलाउने छन्। त्यसो त पार्टीएकताको प्रक्रियामा रहेकाले पार्टीएकतापछि सरकार नै एकलौटी हुने निश्चित छ।
एमाले, माओवादी र संघीय समाजवादी फोरमले सम्बन्धित प्रदेशमा आफ्नो संसदीय दलको नेता चयन गरेपछि मुख्यमन्त्रीको टुङ्गो लागेको हो।
प्रदेश नम्वर १ मा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वसंचारमन्त्री शेरधन राई मुख्यमन्त्री बन्ने भएका छन्। शुक्रवार भएको प्रदेशसभा संसदीय दलको चुनावमा राईले एमालेका सचिवसमेत रहेका भीम आर्चायलाई २ मतले पछि पारेपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। राई भोजपुर जिल्लाको ‘ख’ बाट निर्वाचित भएका हुन्।
प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालका लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्का भएको छ। फोरम र राजपा नेपाल मिलेर प्रदेश सरकार गठन गर्ने तयारी गरेका छन्। प्रदेश ३ मा एमालेका डोरमणि पौडेल संसदीय दलको नेता बनेपछि उनी आइतबार नै मुख्यमन्त्रीमा नियुक्ति भएका छन्। शुक्रबार ललितपुरमा भएको निर्वाचनमा पौडेलले ५८ मतमध्ये ३४ मत प्राप्त गरी संसदीय दलको नेतामा जित हासिल गरेका हुन्।
प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने भएका छन्। लामो समयको रस्साकस्सीपछि पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको पद आफ्नो पोल्टामा पार्न सफल भएका हुन्। जसका लागि उनले संसदीय दलको नेतामा आफ्नो सुनिश्चितता गरिसकेका छन्। आइबार एमाले महासचिव इश्वर पोखरेल लगायतका नेताहरुबीच भएको छलफलमा संसदीय दलका अर्का आकांक्षी किरण गुरुङले पृथ्वीसुब्बा गुरुङलाई नै समर्थन गरेपछि पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
यस्तै, प्रदेश ५ मा एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भैसकेको छ। एमालेले प्रदेश ५ बाट पोखरेललाई यसअघि नै संसदीय दलको नेता चयन गरिसेकको छ।
प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट पोखरेल सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए। यस्तै प्रदेश ६ मा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुने निश्चित भएको छ। पार्टीप्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही बिहीवार चयन भएका थिए।
संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको थियो। यसैगरी प्रदेश ७ मा माओवादीले मुख्यमन्त्री त्रिलोचन भटट् हुने भएका छन्। उनी माओवादी प्रदेश संसदीय दलको नेतामा चयन भैसकेका छन्। उनी डोटीबाट निर्वाचित सांसद हुन्।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९