पत्रकार ढकालमाथि निर्धात कुटपिट

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४

आदर्श समाज संवाददाता प्रकाश ढकाल प्रहरीको निर्धात कुटपिटबाट घाइते भएका छन् ।

समाचार संकलनक्रममा ढकाललाई क्याम्पस गेट नजिकैको घरको पेटीमा बसिरहेका बेला एक प्रहरी जवानले खुट्टामै अन्धाधुन्ध लाठीचार्ज गरेको हो । प्रेस कार्ड भिरेका ढकालले आफू पत्रकार हो भन्दाभन्दै प्रहरीले ३ पटकसम्म नली खुट्टामै हानी घाइते गराएको हो । नजिकै रहेका अरु पत्रकारले समेत उनी पत्रकार भएको जनाउँदा समेत ती प्रहरी जवान उनीमाथि प्रहार भएका थिए ।

‘हामी पत्रकार समाचार संकलनकै लागि ज्यानको परवाह नगरी गएका हौं। प्रहरीबाटै उल्टो आक्रमण भएको छ। सटर आडमा बसेका बेला पत्रकार हुँ भन्दा भन्दै हाने’-ढकालले भने।

पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य समेत रहेका ढकालमाथि भएको उक्त ज्यादत्रि्रति आदर्श समाज दैनिकसहित पत्रकारका विभिन्न संघ संगठनले आपत्ति प्रकट गरेका छन्।

यसैबीच, पत्रकार महासंघ कास्कीले विज्ञप्ति जारी गरी कार्यसमिति सदस्य ढकालमाथि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति भर्त्सना गरेको छ। महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले ढकालले पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै निर्घात कुटपिट गर्नु स्वतन्त्र प्रेसमाथि गरिएको आक्रमणको रुपमा लिएको उल्लेख गरेका छन्।

‘घटनाको तत्काल छानविन गरी दोषीमाथि आवश्यक कारबाही गर्न जोडदार माग गर्दछौं। साथै, समाचार संकलन क्रममा खटिएका पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्दछौं’-उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रेस युनियनले आफ्ना सदस्य प्रकाश ढकालमाथि भएको आक्रमणको घोर निन्दासहित भर्त्सना गरेको छ। केन्द्रिय सदस्य ऋषिकान्त पौडेल र कास्की शाखा अध्यक्ष शिरोमणि बरालले छुट्टा-छुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारमाथि प्रहरीबाट कुटपिट गरिनु समग्र पत्रकारिता पेशामाथिको उपहास भएको ठहर गरिएको छ ।

प्रेस चौतारी कास्कीतर्फबाट अध्यक्ष माधव बरालले समाचार संकलनमा खटिएका ढकाललाई कुटपिट गर्नु प्रहरी प्रशासनको दादागिरीको पराकाष्ठा भएको बताएका छन् । ‘परिचयपत्र भिरेर र आफू पत्रकार भएको बताउँदा पनि निर्घात कुट्नु स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको प्रेस चौतारी कास्की ठम्याइ छ’-विज्ञप्तिमा भनिएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष विभु भुषाल र सचिव कृष्ण दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार हुँ भन्दा भन्दै पनि कुटपिट गरिनुले प्रहरीको नियतमाथि समेत प्रश्न गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।

यस्तै, स्वतन्त्र पत्रकार संघ कास्कीका तर्फबाट अध्यक्ष कृष्ण थापाले घटनाको निन्दा गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

पत्रकार ढकालमाथि कुटपिट गर्ने प्रहरीलाई यथाशीघ्र कारबाही गर्न नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले माग गरेको छ। ढकाललाई प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरिनु स्वतन्त्र प्रेसमाथिकै हमलाका रुपमा मञ्चले लिए अध्यक्ष केशव पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, रिपोर्र्टस क्लब कास्कीका तर्फबाट अध्यक्ष बासुदेव मिश्र, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज) कास्कीका तर्फबाट अध्यक्ष एमबी आस्थामगर, मानवअधिकार पत्रकार संघ हुर्जा पश्चिमाञ्चलका तर्फबाट अध्यक्ष राजेश पराजुली, राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाका तर्फबाट अध्यक्ष इन्द्रप्रसाद पौडेल, क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), कास्कीका तर्फबाट अध्यक्ष सरिता तिम्सिना पंगेनी, चलचित्र पत्रकार संघ कास्कीका तर्फबाट अध्यक्ष रेम बिक र सचिव सुशन घिमिरेले उक्त घटना समग्र पत्रकारिता पेशामाथिको उपहास भएको ठहर गर्दै तत्काल छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यता, प्रहरी भने हुलुमुलमा परेको बताउँछ। स्थानीय घरभित्र बाट बोत्तल प्रहार, छतबाट ढुंगा प्रहार भएपछि केही एग्रेसिभ भएको हो तर विद्यार्थीकै बाइक हामी सुरक्षा गरेर बसेका छौं। गेट बाहिर निस्कन चाहने विद्यार्थीलाई निर्वाध निकालेका छौं’-प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले भने-‘पत्रकारलाई नियतवश पिटेको होइन। हुलमुलमा अवस्था एग्रेसिभ थियो ।’

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width