पोखरा, २३ माघ । पोखरा-१८, सराङ्कोटमा सोमबारदेखि शुरु श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको दोश्रो दिन २३ लाख रुपैयाँ दान संकलन भएको छ ।
सोमबार पोखरा १८, सराङकोटका रामबहादुर थापाबाट ११ लाख ११ हजार १ सय ११, पोखरा ८ का शिवप्रसाद कोइराला ३ लाख ३३ हजार ३ सय ३३, सराङ्कोटका उमनाथ चपाईबाट २ लाख ३३ हजार र पोखरा ८ का मीनबहादुर शेरचनबाट २ लाख ३१, सराङकोट गणेशबहादुर ढकालले २ लाख ३१ हजार दान गरेको प्रचार प्रसार संयोजक कृष्ण थापाले जानकारी दिए । महायज्ञ उद्घाटनको दिनमै १९ करोड बढी दान संकलन भएको थियो । उक्त दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका थिए।
सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा सराङकोटमा निर्माणाधीन बहुउदेश्यीय भवन र गुरुयोजनालाई साकार पार्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । जसअनुसार सराङ्कोटमा १०८ शिवलिङ्ग स्थापना, सहश्रधारा निर्माण, भ्यूटावर, बालउद्यान, स्वागतद्वार, पार्क, फुटट्रयाक, खानेपानी ट्याङ्की निर्माण, आधुनिक शौचालय, हेलिप्याड, वनभोजस्थल निर्माण गर्ने लक्ष्य रहेको मूल आयोजक समितिका संयोजक एवं अध्यक्ष प्रेमवहादुर जिसीले जानकारी दिए।
गुरुयोजनाको अनुमानित लागत २९ करोड रुपैयाँ रहेको र योजना अवधि ७ वर्षको हुने समितिले जनाएको छ । महायज्ञ आगामी फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९