पीसीसी क्रिकेट कप शुरु

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४
cricket

पोखरा, २३ माघ। पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरामा मंगलबारदेखि दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तरक्लब क्रिकेट कप-२०७४ शुरु भएको छ।

आयोजक पिसीसी र खबरा क्रिकेट क्लब बेनीबीचको उद्घाटन खेल पिसीसीले सहजै जित्यो। एकपक्षीय खेलमा पिसीसीले खबरालाई १८२ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिसीसीले जम्मा ३ विकेटको क्षतिमा पूरा ओभर खेल्दै २४० रन बनायो। उसका लागि रिजन प्रजु, क्याप्टेन अनिल गुरुङ र प्रदीप राउतले अर्धसतक पूरा गरे। म्यान अफ दि म्याच अनिलले अविजित ७२ रन तथा रिजनले ७३ रन बनाए। प्रदीप राउतले ५० रनको योगदान दिए। खबराका तर्फबाट अनिश खड्का, अक्लेश खड्का र सज्जन श्रेष्ठले एक/एक वीकेट लिए।

२४१ रनको लक्ष्य पछ्याएको खबरा १३.३ ओभर खेल्दा ५७ रन जोड्दै अलआउट भयो। एक खेलाडी बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्। सन्तोष घिमिरेले २३ रन जोडे भने सबिन जिसीले ९ र अक्लेशले ८ रन जोडे। पिसीसीका ऋषिकेश शर्माले ३ विकेट लिए। प्रदीप रावत र चन्द्र गुरुङले २/२ विकेट लिन सफल भए।

दोस्रो खेलमा पनि पाहुना टोली बाग्लुङको टीम बाहिरियो। पोखराको सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सांग्रिलाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पार्‍यो। उसका लागि किरण क्षेत्रीले अविजित ३१ र मिलन थापाले अविजित २८ रनको योगदान दिए। सुदीप पौडेलले १७ रन जोडे। रुपेश सिंहले ३ विकेट, सन्तोष र राजनको नाममा २/२ विकेट रह्यो।

१२२ रनको चुनौती पेश गरेको सांग्रिलासामु बाग्लुङको एकमात्र टोली धौलागिरीको प्रयास सफल भएन। १६.५ ओभरमा ७८ रन जोड्दैमा खेलाडी अलआउट भए। धौलागिरीका सुमन गहतराजले ४२, किसान खड्काले १० र कप्तान दीपक कुँवरले ७ रन जोडे। सांग्रिलाका कप्तान विपिन खत्रीले ५ विकेट लिए भने शिव सुवेदी र समिर सेनले २/२ विकेट लिए। खेलमा ३.५ ओभरमा ४ रन खर्चेर ५ विकेट लिने विपिन म्यान अफ दि म्याच बने।

यसअघि, प्रतियोगिता उद्घाटन मुख्य प्रायोजक दि युनाइटेड गोल्डमार्ट प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्यले गरे। उनले स्थानीय स्तरबाटै प्रयास भए मात्र योग्य खेलाडी तयार हुने भएकाले युवाहरुको अभियानलाई साथ दिएको बताए।  ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।  कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय स्थानीय क्लबहरु झनै सक्रिय बन्दै यसरी प्रतियोगिता आयोजना गर्दा खुशी लागेको बताए। उनले क्लबका गतिविधिलाई भौतिक, प्राविधिक क्षेत्रबाट पूर्ण सहयोग रहँदै आएको र रहने प्रतिबद्धता जनाए।

सो अवसरमा संघका पूर्व अध्यक्ष एवं क्रिकेट मैदान निर्माण समिति संयोजक समेत रहेका प्रा.डा. वीरेन्द्र सिंह गुरुङ, युनाइटेड गोल्डमार्टका निर्देशक महेन्द्रमान गुभाजु लगायत बोलेका थिए।

क्लबका अध्यक्ष निकेश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन विजय भुजेलले गरेका थिए। प्रतियोगिताको दोस्रो दिन बुधबार समूह बी अन्तर्गत टीमबीच प्रतिष्पर्धा हुनेछ।

पहिलो खेल बिहान ८ बजेदेखि पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच हुनेछ। बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा पूर्वान्ह ११ बजेदेखि खेल्नेछन्।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८  टीमको सहभागिता रहेको प्रतियोगिता संयोजक क्लबका उपाध्यक्ष उत्सव शाक्यले बताए।  टी-२० फर्म्याटमा सञ्चालित नकआउट प्रतियोगितामा पिन्क बल प्रयोग भएको छ।

विजेताले ४० हजार र उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ दि टुर्नामेन्टलाई ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने वेस्ट बलर, वेस्ट ब्याट्सम्यानलाई जनही ५ हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने क्लबले जनाएको छ।

दि युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग छ।

Related News

सम्बन्धित समाचार

  • अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८०
    पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट…
  • गण्डकी कबड्डी संघमा पवन

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा…
  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…

hero news full width

Recent Posts

भर्खरै