पोखरा, २३ माघ। समाजसेवी स्वर्गीय टीकाराम दाहालको १०४ औं जन्मजयन्तीमा उनको परिवारले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
अन्नपूर्ण गाउँपालिका वडा २, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष भण्डारीलाई १० हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो।
दाहालको स्मृतिमा गत वर्ष उनका जेठा छोरा डा गिरधारी दाहालले विद्यालयमा १ लाख २५ हजार १ सय ७ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए।
सोही अक्षयकोषको ब्याजबाट वर्षेनी १ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ।
विद्यालयमा आयोजित कार्यक्रमबीच टीकारामकी धर्मपत्नी गङ्गीमाया दाहालले विद्यार्थी भण्डारीलाई छात्रवृत्ति प्रदान गरेकी थिइन्।
बुबाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई सदैव स्मरणीय बनाउन अक्षयकोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको परिवारजनको भनाइ छ।
२०६२ साल मंसिर २७ गते ९२ वर्षको उमेरमा दाहालको निधन भएको थियो।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९