नागरिक समाजद्वारा महानगरपालिकाको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४
gyapan patra

पोखरा, २३ माघ। नागरिक समाज पोखराले सार्वजनिक चासोका विषयप्रति पोखरा लेखनाथ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।

समाजका संयोजक रामबहादुर पौडलको नेतृत्व गएको टोलीले पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई मंगलबार ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो।पहिलो बुँदामा यसअघि असार २७ गते विभिन्न विषय समेटेर बुझाइएको २३ बुँदे ध्यानाकर्षणपत्रको कार्यान्वयनमा समेत ढिलाइ भइरहेकोगुनासो गरिएकोमा ध्यानाकर्षण गराइएको छ। यस्तै, पोखराका विभिन्न स्थानबाट सेती नदीमा मिसाइएका मलमुत्रका ढल बन्द गर्न, पोखरालाई प्लाष्टिकका झोला र गिलासमुक्त घोषणा गरिएकोमा त्यसको कार्यान्वयनमा कडाइ गर्न, नो हर्न जोन घोषणा भइसकेको अवस्थामा महानगरपालिकाभित्र गरिएको माइकिङ तत्काल रोक्न ध्यानाकर्षण गराएको छ।

त्यस्तै, शहरी क्षेत्रमा झुण्डाइएका विज्ञापन हटाउन तथा मोटरसाइकलमा लामा भर्‍याङ लगायत सामाग्री ओसारपसार बन्द गर्न र शहरी क्षेत्रमा सडक बालबालिका, मगन्ते, जोगी र मानसिक सन्तुलन गुमाएकालाई आवास र खानपान सहित सेल्टर व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको छ। पत्र बुझ्दै महानगरपालिकाका मेयर जिसीले नागरिक समाजले उठाएका सार्वजनिक चासोका विषयमा काम गर्ने प्रयास गरिरहेको बताए। ‘तपाईहरुले उठाएका विषय महत्वपूर्ण छन्’-उनले भने-‘काम गर्ने प्रयास गरिरहेको छु।’

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width