पोखरा, २२ माघ। पोखरा-१८, सराङ्कोटमा निर्माण गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि सोमबारदेखि श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ शुरु भएको छ ।
सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा शुरु महायज्ञको पहिलो दिनमै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन्। विष्टले गुरुयोजनाअन्तर्गत निर्माण गर्न लागिएको विशाल बुद्ध मन्दिर निर्माणको लागि १५ करोड र निर्माणाधीन विशाल शिव मन्दिरका लागि १ करोड १० लाख प्रदान गर्ने घोषणा गरेका हुन्।
उनले बुद्ध र हिन्दू एकै धर्म रहेको आफूले बुद्ध धर्म अध्ययन गर्दा शरणार्थी भई भारतमा अध्ययन गरे तापनि आफ्नो पहलमा नेपालमै बौद्ध धर्म अध्ययन विद्यालय खोलेपछि आमनेपालीले बौद्ध धर्म अध्ययन र अध्यापन गर्न पाएको बताए।
मुस्ताङ लोमान्थाङ निवासी विष्ट १५ वर्षदेखि सराङ्कोटमै बौद्ध अध्ययन विद्यालय सञ्चालन र सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।
कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ समाजसेवी पूर्व सभासद् सूर्यबहादुर केसीले बृहत् गुरुयोजनाले हिन्दू र बुद्ध धर्मको सकारात्मक सन्देश प्रदान गरेकोले निर्माण हुन लागिएको बुद्ध मन्दिरका लागि १० तोला सुन र विशाल शिव, गणेश र अन्य देवीदेवताको मूर्ति निर्माणका लागि पूर्ण सहयोग गर्ने घोषणा गरे।
कार्यक्रममा प्रमुखवाचक भागवत्भाष्कर कमलनयन गौतमले ओंकार परिवार एक भएमा विश्वबाट बौद्ध र हिन्दू धर्म अनुयायीहरु मात्र भित्र्याउन सके देशको लागि ठूलो सहयोग हुने बताए। पण्डित कुलप्रसाद पहारी -घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेमबहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन्।
महायज्ञअघि गाईघाट पोखराबाट शुरु कलशयात्रा विन्ध्यवासिनी हुँदै सराङ्कोटमा पुगी धार्मिक सभामा परिणत भएको थियो।
सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १८ का रणबहादुर थापा, वडा २ का अध्यक्ष रामेश्वर मल्ल, नेकपा एमाले वडा कमिटी १८ अध्यक्ष पुष्कर थापा, काँग्रेसका इकाइ सभापति शिवप्रसाद तिमिल्सिना, महिला समन्वय समितिका अध्यक्ष कल्पना ढकाल, ब्रहृमाकुमारी इश्वरीय विश्वविद्यालयका दीपा बहिनी, सचिव विष्णु तिमिल्सिना लगायतले महायज्ञको सफलतासँग सराङ्कोटसँगै सराङ्कोट बृहत् गुरुयोजना सफल हुने बताए।
फागुन १ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक श्रीमद्भागवत कथावाचन, लघुरुद्री पाठ, दानवीर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायत धार्मिक कार्यक्रम राखिएको सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९