हेमजा, २२ माघ। ‘पहिचान माछापुच्छे्र गाउँपालिकाको, जगेर्ना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मूलनाराका साथ माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकस्थित बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा सोमबारदेखि महाशिवरात्री मेला शुरु भएको छ। उक्त अवसरमा शिवपुराणसमेत शुरु भयो । शिवपुराण पूर्वाङ्गमा लाखबत्ती बाल्ने लगायत अन्य पूजा विधि पनि गरिएको शिवपुराण व्यवस्थापन समितिका संयोजक प्रेमप्रसाद पौडेलले बताए।
पुराणमा सात जना पण्डितद्वारा सामूहिक पूजा गरिएको छ। जसमा भरत दवाडी वाचक, नवराज पहारी उपवाचक, बलराम पौडेल गणेश, मोतीप्रसाद आचार्य रुद्राभिषेक तथा रणबहादुर क्षेत्री, देवीलाल भण्डारी र हरिदेवी भण्डारीले कर्ताको भूमिका निर्वाह गरेका छन्।
रुद्राभिषेक कर्ता पूरोहित मोतीप्रसाद आचार्यले शिवपुराणको ठूलो महत्व रहेको औल्याउँदै यस्तो पुराणको शक्तिले विभिन्न प्रकोपबाट मानिसलाई मुक्ति दिने बताए। उनले शिवपुराणमा रहेका चौबीस हजार श्लोकको वाचन तथा श्रवण गरे अनिष्ट निवारण हुने दावी गर्दै बानेटाकुर क्षेत्रको पुरानो इतिहास रहेको पनि जनाए। शिवपुराण महाशिवरात्री फागुन १ सम्म जारी रहनेछ। कर्ता देवीलाल भण्डारीले कार्यक्रममा पुराणका अलवा ग्रहशान्ति, चौरासीपूजा, ब्रतबन्ध लगायत सबै कर्म गरिने बताए।
शुरुको दिन सोमबार स्थानीय सेती नदी, मर्दीखोला, लस्तीखोला, बराहकुण्ड, २२ धारा, पातीखोला, ठूलो पधेरा लगायतका जलासयको जल सहितको कलशयात्रा समेत निकालिएको थियो। मेलाअन्तर्गत रमाइलो महामेला माघ २७ गतेदेखि शुरु हुदैछ । मेला भने फागुन २ सम्म जारी रहनेछ।
ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिक स्थल जगेर्ना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकता पछ्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
यस्तै, सार्वजनिक सम्पत्ति संरक्षण एवं सरसफाइमा केन्द्रित हुने तथा वातावरणीय एवं पर्यावरणीय शुद्घताका लागि जनचेतना जगाइ फोहरमैला व्यवस्थापन गर्ने उद्देश्य पनि रहेको मेला संयोजक पानबहादुर जिसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९