पोखरा, २२ माघ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७४ बाट शान्ति गुरुङलाई सम्मानित भएकी छन्।
प्रेस चौतारीको २० औं स्थापना दिवस अवसरमा पोखरामा सोमबार आयोजित समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, एमाले केन्द्रीय प्रचार उपप्रमुख सूर्य थापा र प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले ११ हजार १११ नगदसहित गुरुङलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरे।
२०५४ सालदेखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आवद्ध गुरुङ हाल समाचार सम्पादक छन्। उनी चौतारीको पूर्व उपाध्यक्ष एवं सामुदायिक रेडियोको छाता संगठन एकोरावको प्रदेश ४ अध्यक्ष समेत हुन्।
महानगर प्रमुख जिसीले मर्यादित र अनुशासित एवं खोजमूलक पत्रकारिताका माध्यमबाट महानगरपालिकाको विकासमा टेवा पुर्याउन सञ्चारजगत्लाई आह्वान गरे। स्थानीय सरकार पत्रकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै उनले स्थानीय तहको स्रोतसाधन पहिचानमा सहयोगी भूमिका खेल्न आग्रह गरे।
प्रेस चौतारीका सहइञ्चार्ज समेत रहेका एमाले केन्द्रीय प्रचार उपप्रमुख थापाले पुरस्कारले पत्रकारिताको विकासमा टेवा पुग्ने बताए। चौतारीमा आबद्ध पत्रकार अनुशासित र गतिशील हुनुपर्नेमा जोड दिए ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुलीले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नतर्फ लाग्नुपर्ने बताए।
पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस क्षेत्रको पत्रकारिताको विकासका लागि महासंघ र नगरपालिकाको सहकार्यमा विभिन्न तालिम आयोजना गरिने बताए।
पुरस्कृत व्यक्तित्व गुरुङले पुरस्कार प्राप्त गर्दा आफूलाई थप जिम्मेवारी बढेको अनुभूति भएको बताइन्। पुरस्कार प्रतिभा छनोट समितिका संयोजक हरि बास्तोलाले पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशीलताका साथै पेशाप्रतिको जिम्मेवारी, अनुभव लगायत आधारमा व्यक्ति छनोट गरिएको जानकारी दिए। चौतारीका केन्द्रीय सदस्य श्याम कुँवर, कास्की अध्यक्ष माधव बराल, सचिव अर्जुन गिरीले पत्रकारिता पेशा मर्यादित एवं जिम्मेवारपूर्ण बनाउँदै लैजानुपर्नेमा जोड दिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९