पोखरा, २० माघ । बृहत् सफाइ अभियान हेमजास्थित बाबियातराघाटमा शनिबार सम्पन्न भएको छ । ८८ औं हप्ताको उक्त अभियानअन्तर्गत सेतीनदीको घाट र त्यस वरपर थुप्रिएका झण्डै ७ टन फोहोरमैला मानवसाङ्लो बनाइ उठाइएको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।
‘हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नारासहित सञ्चालित अभियानमा यसअघि पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीका गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए । अभियानलाई नेपाल प्रहरीको तर्फबाट सधैँभर साथ र सहयोग रहीरहने उद्घोषसहित अभियानको पूर्ण सफलताको कामना गरे ।
वडा २५ अन्तर्गत सम्पूर्ण घाटको उचित व्यवस्थापन, नियमित सरसफाइ र त्यसको पवित्रता कायम राख्ने कार्यमा प्रतिबद्धता व्यक्त गर्छु भन्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले हस्ताक्षरसमेत गरे । वडा ७ का अध्यक्ष रामचन्द्र बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।
यस साताको अभियानमा नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, माछापुच्छे्र महिला क्लब वडा ७, ड्यामसाइड टोल विकास, विष्णुपादुका मावि, हेमजा बोर्डिङ स्कुल लगायत स्थानीय वडाबासीको उल्लेख्य सहभागिता रहेको संयोजक रामबहादुर पौडेलले बताए । आगामी ८९ औं साताको सफाइ अभियान बसपार्कस्थित चाइनापुलमा हुनेछ ।
सेतीनदी महानगरभित्र करिब ३५ किमी लम्बाइमा फैलिएको छ भने साना ठूला गरी करिब ३५ बढी घाट छन् । केआईसिं पुलिदेखि महेन्द्रपुल, नयाँबजार, नदीपुर, बसपार्क, चोरसाँघु, घारीपाटनहुँदै सीतापाइलासम्म घर, होटल र रेष्टुरेन्टका मलमूत्रदेखि ठोस फोहरमैला समेत सोझै नदीमा बिसजन गर्दासमेत नगरपालिकाले कारबाही नगरेकोमा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९