वेगनास ताल सफाइ शुरू

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४

वेगनास युवा क्लबले वेगनास तालको सरसफाइ अभियान शनिबारदेखि सञ्चालन गरेको छ। पोखरा लेखनाथ महानगरपालिकाको सहकार्य र स्थानीय सामाजिक संघसंस्थाको सहयोगमा साप्ताहिक सरसफाइ कार्यक्रम शुरु भएको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, कानुनी सल्लाहकार राममणि अधिकारी, वडा ३१ का अध्यक्ष कमलबहादुर थापा, वडा ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, वडा २७ का अध्यक्ष पूर्णकुमार गुरु‹, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख गोविन्द पुरी लगायतले सरसफाइ अभियानबारे बोलेका थिए। क्लबको नयाँ कार्यसमितिले बेगनासताल बसपार्क, ताल किनार, क्लब परिसर र तालखोलामा सरसफाइ अभियान सञ्चालन गर्दै आफ्नो फोहोर आफैले व्यवस्थापन गर्न स्थानीयबासीलाई अनुरोध गरेको छ । क्बल उपाध्यक्ष नीराजन बरालले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव रोशन खनालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा, १७ असोज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर…
  • कृषि पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    लेखनाथ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकीले पोखरामा कृषि पत्रकारितासम्बन्धी तालिम सुरु गरेको छ । कृषिको क्षेत्रको…
  • जनप्रकाश क्याम्पसको २० औं साधारणसभा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । पोखरा २९, भण्डारढिकस्थित जनप्रकाश बहुहुखी क्याम्पसको २०औं साधारणसभा बुधबार सम्पन्न भयो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जीवन…
  • भेटी रकम सामाजिक कार्यमा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । युवा नेता अर्जुन अधिकारीले आमाको निधनमा संकलित भेटीवापत्को रकम सामाजिक कार्यमा लगाएका छन् । पोखरा १९, घार्मी निवासी…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसैं, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्व अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम गरेको…

hero news full width