खैरेनीटार, २० माघ। तनहुँ मिडिया नेर्टवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएमले सेयर सदस्यलाई बधाई तथा सम्मान गरेको छ।
तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइ र दुलेगौंडा बजार इकाइबाट नयाँ कार्य समितिमा निर्वाचित एफएमका सेयर सदस्यलाई सम्मान गरेको हो ।
एफएम अध्यक्ष नारायणकुमार श्रेष्ठले संस्थाको गरिमा बढाएकोमा निर्वाचित व्यक्तित्वलाई बधाई तथा सम्मान प्रकट गर्दै आगामी दिनमा आफ्नो कार्य क्षमता प्रस्तुत गर्न सुझाव दिए । एफएमका सल्लाहकार कमलमोहन घिमिरेले निर्वाचित व्यक्तित्वलाई व्यवसायीको हित हुने गरी कार्य गर्न सुझाव दिए।
एफएमका उपाध्यक्ष तथा दुलेगौंडा बजार इकाइबाट तनहुँ उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित पूर्णकुमार श्रेष्ठ, खैरेनीटार बजार इकाइ उपसभापति सुजित हिराचन, कार्य समितिका सदस्य ठानप्रकाश न्यौपाने, लेखा समितिका संयोजक लक्ष्मण रिमाल लगायत बोलेका थिए।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघको सदस्यमा दुलैगौंडा बजार इकाइबाट निर्वाचित पूर्णकुमार श्रेष्ठ, खैरेनीटार बजार इकाइ उपसभापतिमा निर्वाचित सुजित हिराचन, कोषाध्यक्ष सुजन श्रेष्ठ, दुलेगौंडा बजार इकाइ कोषाध्यक्षमा निर्वाचित टीकाराम श्रेष्ठ, सदस्यमा निर्वाचित शिव पौडेल, सुमन सापकोटा, शिव गतौर्लालाई बधाईका साथ सम्मान गरिएको थियो।
एफएमका अध्यक्ष श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत सदस्य बुद्धिबहादुर थापा र सञ्चालन सचिव ज्योति श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९