पोखरा, २० माघ।पुम्दीकोट युवा क्लब पोखरा-२२ द्वारा शनिबार रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भयो। कार्यक्रममा २७ जनाले रक्तदान गरे।
प्रमुख अतिथि प्रदेशसभा सदस्य रामजी बरालले प्रमुख रक्तदाता अमृत बराललाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे। त्यस अवसरमा प्रमुख अतिथि बरालले युवावर्गले समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। सोही समारोहबीच प्रदेशसभा सदस्य बराललाई सम्मान गरियो।
कार्यक्रममा पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, नेपाली काँग्रेसका नेता खेमराज पौडेल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, सरिता बराल, रक्तसञ्चार केन्द्रका माधव पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका चिकित्सक सहितको टोलीद्वारा १ सय बढीको स्वास्थ्य परीक्षण गरिएको थियो।
क्लब अध्यक्ष सुरज बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष ढाकामोहन बरालले स्वागत र सञ्चालन सुमन बरालले सञ्चालन गरेका थिए । उक्त कार्यक्रमका लागि रोट्रयाक्ट क्लबले सहयोग गरेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९