बूढानीलकण्ठ मन्दिरको अध्यक्षमा कोइरालाको निरन्तरता

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
DSC09889

पोखरा, २० माघ। पोखरा ४, गणेशमार्गस्थित बूढानीलकण्ठ मन्दिर संरक्षण समितिको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा दशौं साधारणसभाले पुनः श्यामबहादुर कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा शान्ति कोइराला, द्वितीय उपाध्यक्षमा राजुबहादुर कोइराला, सचिवमा उपेन्द्रराज गौतम, सहसचिवमा शारदाप्रसाद कोइराला, कोषाध्यक्षमा उदारराज भण्डारी छन्। सदस्यमा रामबहादुर कोइराला, भोलाप्रसाद पराजुली, गिता रिमाल पौडेल, इन्दु कोइराला र फणिन्द्र अधिकारी छन्। कार्यकाल २ वर्षको हुनेछ ।

त्यस अवसरमा प्रदेशसभा सदस्य प्रभा कोइराला, पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलासहित सदस्य र चन्दादातालाई सम्मान गरिएको थियो। समितिका अध्यक्ष श्यामबहादुर कोइराला र संरक्षक सदस्य जेहेन्द्रमान पालिखेले उनीहरुलाई सम्मान गरेका थिए।

साधारणसभा उद्घाटन गर्दै प्रदेश ४ का प्रदेशसभा सदस्य प्रभा कोइरालाले सबै मिलेर विकास र आर्थिक उन्नति लागि हातेमालो गर्नुपर्ने बताइन्। उनले राजनैतिक पूर्वाग्रहभन्दा माथि उठेर सेवा गर्ने उल्लेख गरिन्।

पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले जनताको आवश्यकतालाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

समाजसेवी राजेन्द्रनिधि कोइरालाले समाजको विकासका लागि व्यत्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा समाजसेवी शशीधर पराजुली, टंकनाथ नापित, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, पोखरा ४ का वडा सदस्य सुवर्णनंग केसी, सृजनशील महिला समूहकी सचिव कल्पना गौतम लगायत बोलेका थिए।

साधारणसभाले सचिव उपेन्द्रराज गौतमले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष उदारराज भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति कोइरालाले स्वागत र सचिव उपेन्द्रराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • आकस्मिक रक्तदानमा ५३ युनिट रगत

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    पोखरा । पोखरा जेसिजले गरेको आकस्मिक रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । पोखरा जेसिजका अध्यक्ष मीनराज खड्काले मादी…
  • गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    पोखरा । कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीले एडटेक नेपालको सहकार्यमा गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेको छ ।…
  • चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपालको आयोजनामा उद्घोषण तालिम सञ्चालन गरेको छ । एसइई दिएर बसेका किशोर…
  • ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    पोखरा । पोखरा वडा २४ ले ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिने…
  • पढ्न वञ्चितलाई निशुल्क भर्ना

    आदर्श समाज सम्वाददाता जेठ १४, २०७९
    पोखरा । पोखरा–१० का नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङले स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गर्ने पहिलो निर्णय…

hero news full width