पोखरा, १७ माघ। स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं ५ बाँगेफड्केका युवापण्डित देवनयन नारायण लामिछानेले सत्संकल्प गरेको राष्ट्रशान्ति मानवीयमैत्री श्रीमद्भागवत् १०८ विराट महायज्ञको समापन पोखरामा गरिने भएको छ।
पोखरा ७ स्थित पुष्करेश्वर शिव मन्दिरमा अन्तिम महायज्ञ गरी समापन गर्न लागिएको हो। पुष्करेश्वर शिव मन्दिर सञ्चालक समितिको व्यवस्थापनमा माघ २१ देखि फागुन २ गतेसम्म १०८ औ महायज्ञ गरी विराट महायज्ञ समापन गरिने छ। महायज्ञमा बिहान ५ देखि राति १० बजेसम्म विविध धार्मिक गतिविधि गरिनेछ।
१०८ महायज्ञ लगाउने संकल्प गरेका युवापण्डित लामिछानेले यसअघि ३३ जिल्लामा १ सय ७ वटा महायज्ञ गरिसकेका छन्। ‘संकल्प गरे अनुसार, अन्तिम महायज्ञ गर्नका लागि पोखरा रोजेको छु-पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘महायज्ञमा सहभागिताका लागि सबैलाई अनुरोध गर्दछु।’
उनले धार्मिक जागरणका लागि भन्दै २०६८ माघमा स्याङ्जाको बयरघारी राधाकृष्ण मन्दिरबाट १०८ विराट महायज्ञ अभियान शुरु गरेका थिए।
उनले आफूले लगाएको महायज्ञ अरु महायज्ञ जस्तो विकासका लागि रकम संकलन गर्ने उद्देश्यले गरिएको अर्थयज्ञ जस्ता नभएको स्पष्ट पारे। स्वःस्फूत गरिएको दानबाट जे जति रकम जुट्छ त्यसैबाट महायज्ञ सम्पन्न गरिने उनको भनाइ छ।
‘उक्त महायज्ञमा दान दिनेलाई दोसल्ला ओढाउने, मञ्चमा राखेर सम्मान गर्ने र सम्मानमा ताली बजाउन लगाइने गरिँदैन’-युवापण्डित लामिछानेले भने-‘यो धार्मिक यज्ञ हो, भागवत्का लागि भागवत्कै यज्ञ हो। महायज्ञसँगै १ करोड दीप प्रज्ज्वलन गरिने छ।’
उनले अहिलेसम्म विकासका लागि गरिएका महायज्ञमा भागवत् वाचन नभएको टिप्पणी गरे। ती महायज्ञको उद्देश्य अर्थ संकलन भएकाले अर्थ संकलन गर्न मात्र प्राथमिकता दिइएको उनको भनाइ छ। महायज्ञ सम्पन्न गर्नका लागि मन्दिर सञ्चालक समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा १ सय ८ सदस्यीय यज्ञ व्यवस्थापन समिति गठन गरिएको प्रचार संयोजक राममोहन आचार्यले जानकारी दिए। यज्ञ व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलन सचिव सरोजनारायण बरालले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९