पोखरा, १७ माघ । पत्रकार जमुना वर्षा शर्मा तुलसीप्रसाद टंकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएकी छन् ।
पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने गरी पोखरा-५ पस्र्याङका सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनबाट स्थापित सो पुरस्कारबाट हरेक वर्ष १ जना संचारकर्मीलाई पुरस्कृत गरिँदै आएको छ ।
पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।
छनोट समिति सदस्यमा महासंघका सल्लाहकार रमेश पौडेल, माधव पनेरु, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना पदेनसदस्य थिए ।
पत्रकार जमुनालाई माघ २७ मा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरिने छ । पुरस्कार राशी २० हजार १ सय र सम्मानपत्र छ ।
पोखरा एक्सप्रेस पाक्षिकको प्रधानसम्पादक, देशसंचार मल्टिमिडिया अनलाइन र रेडियो जननीमा आवद्ध उनी सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष तथा प्रेस चौतारीका केन्द्रीय सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९