पोखरा, १७ माघ। सृजनाचोक-पृथ्वीचोक वारिपारि बजार व्यवस्थापन सरोकार समितिले बुधबार पोखरा ८ को वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। बजार क्षेत्रमा दोहोरो व्यवस्थित पार्किङ व्यवस्था गर्न माग गर्दै समितिका संयोजक बोधराज सुवेदीको नेतृत्वमा गएको व्यवसायीको टोलीले वडाध्यक्ष रुद्र बराललाई ज्ञापनपत्र बुझाएको थियो।
सिर्जनाचोकदेखि चाइनापुल तथा पृथ्वीचोकदेखि नागढुङ्गासम्म दोहोरो पार्किङ हटाउँदा व्यवसायमा असर परेको भन्दै समितिले वडा कार्यालयको ध्यानाकर्षण गराएको व्यवसायी राजेन्द्रप्रसाद सुवेदीले बताए। त्यसरी पार्किङ हटाउँदा घरधनी, व्यवसायी, उपभोक्ता, बैक तथा वित्तीय संस्था र उपभोक्ता समेतलाई गम्भीर असर परेको समितिले जनाएको छ।
ट्राफिक प्रहरीले पार्किङ गरेका सवारी नियन्त्रण गरी जरिवाना गराउँदा बजार क्षेत्र शून्य हुन पुगेको उल्लेख छ। त्यस क्षेत्रमा झण्डै १० दिनदेखि ट्राफिक प्रहरीले दोहोरो पार्किङ हटाएको छ।
ज्ञापनपत्रमा दोहोरो पार्किङ हटाएपछि समस्या भैरहेको भन्दै समाधानका लागि पहल गर्न अनुरोध गरिएको छ। पोखराका अन्य क्षेत्रमा जस्तै दोहोरो पार्किङको व्यवस्था मिलाइदिन आग्रह गर्दै २ सय ३० जना सरोकारवालाले हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष बरालले वैज्ञानिक पार्किङ व्यवस्थाको पक्षमा आफू रहेको बताए।
उनले पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखसँग शुक्रबारसम्म छलफल गरी समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएको समितिका संयोजक सुवेदीले बताए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९