पोखरा, १७ माघ । सिजी मिस नेवाः ११३८ को पहिलो राउण्डको अडिसनबाट २६ प्रतियोगी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
नेवा खलःकास्कीले प्रतियोगिताका लागि फाराम भरेकामध्ये मंगलबार परिचय र पहिलो राउण्डको अडिसनबाट २६ जना प्रतियोगी छानेको हो । प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् ।
मिस नेवाले ४० हजार, ३२ इञ्चको सिजी टिभी र गिफ्ट हृयाम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट हृयाम्पर र तेस्रोले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट हृयाम्पर र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा, उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्यूअर्स च्वाइस ५ हजार, मस्ट टयालेन्ट अवार्ड ५ हजार, वेस्ट पर्सनालिटी ५ हजार, वेस्ट फ्रेन्डली ५ हजार, बेस्ट स्माइल ५ हजार र फोटोजेनिकले ५ हजार र प्रमाणपत्र पाउने छन् ।संस्थाका अध्यक्ष अशोक पालिखेले नेपालमा नेवार समुदायको समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा उल्लेख्य योगदान रहेको बताए। प्रतिष्पर्धीको व्यक्तित्व विकास गर्न र पोखरालाई चिनाउनसमेत यो प्रतियोगिता महत्वपूर्ण हुने पालिखेको दाबी छ ।प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठ, महासचिव आनन्द श्रेष्ठ, सहसंयोजक विमल श्रेष्ठ, प्रचार प्रसार संयोजक अनिशा श्रेष्ठ, मिस नेवाः ११३७ अंशु शाक्य, नेवाः मिसा पुच कास्कीकी अध्यक्ष शान्ति उदास, ल्याम्ह पुचका अध्यक्ष रामकुमार रजत लगायत बोलेका थिए ।
नेपाल संवत् ११३१ देखि वर्षेनी हुँदै आएको यो प्रतियोगिताको आठौं संस्करण माघ १८ गतेबाट प्रशिक्षण शुरु हुनेछ । फाइनल चैत ३ मा पोखरा सभागृहमा हुने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९