लेखनाथ, १६ माघ । १४ औ संस्करणको लेखनाथ महोत्सव पुराना साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटको स्थल बनेको छ ।
हंसपुर घर भएका नवीनबाबु पौडेल मंगलबार जब महोत्सव स्थलमा छिरे उनले आफ्ना सहपाठीदखि बाल्यकालका चिरञ्जीवी सुवेदी, मुरारी शर्मा, होमनाथ पौडेल लगायत साथी भेट्न पाउँदा महोत्सवले जुटाएको अवसरप्रति आभार व्यक्त गरे ।
उनीजस्तै पोखरा ३१ की ७७ वर्षीया चीत्रकुमारी भण्डारी महोत्सव छिरेपछि आफ्ना इष्टमित्र र माईतीघरका साथी भेट्न पाउँदा खुशी लागेको बताउँदै महोत्सव सामान किनमेल र रमाइलोका लागि मात्र नभइ भेटघाटको स्थल समेत भएको बताइन् ।
महोत्सवको छैटौ दिन सार्वजनिक बिदा परेकाले दर्शक चाप थामि नसक्नु रहेको आयोजकको दाबी छ । जसका कारण आयोजक लेखनाथ उद्योग वाणिज्य संघले टिकटघर अलावा अन्य चार ठाउँबाट टिकट बिक्रीको व्यवस्था मिलाएको थियो ।
महोत्सवप्रति दर्शक अभिरुची बढेकाले मंगलबारमात्र झण्डै ५० हजार दर्शकले अवलोकन गरेको आयोजक संघको दाबी छ । हालसम्म करिब १ लाख ५० हजार दर्शक मेला प्रवेश गरिसकेको संघका महासचिव भरतकुमार अधिकारीले बताए ।
दर्शकको चाँपसगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ । महोत्सव छैटौ दिनमा करिब १ करोड ७५ लाख बराबरको कारोबार भएको छ । हालसम्म ५ करोड ७५ लाख बराबर कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए ।
महोत्समवा जारी नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा अञ्जली मगर र नवीना गुरुङ बाहिरिएका छन् । गणेश तामाङ, विनेस गुरुङ, सपना धाई थापा र स्मृति गुरुङ दोस्रो चरणमा प्रवेश गरेको बताइएको छ ।
बुधबार ८ जनाबीच प्रतिष्पर्धा हुने कार्यक्रम संयोजक ऋषिराम जमरकट्टलले भनाइ रहेको छ । रत्यौली गीत प्रतियोगितामा एकजुट मिलन, अर्चले बाहृघरे, लेखनाथ सामुदायिक र आदर्श आमा समूहको प्रस्तुति रहेको थियो ।
मंगलबार भएको विद्यालयस्तरीय नृत्य प्रतियोगितामा युनिभर्स बोर्डिङ स्कुलकी प्रीति गुरुङ र गायनतर्फ डायमण्ड मोडल एकेडेमीकी मोनिका परियार अन्तिम प्रतिष्पर्धाका लागि चयन भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए।
बुधबार पप लाइभ कर्न्र्सटमा लाउरे र याम नेपाली, दोहोरीमा श्रीष देवकोटा, प्रदीप त्रिपाठी, निश्चल दवाडी, कला लम्साल, प्रिया भण्डारी र दुंर्गा सापकोटाको प्रस्तुति रहनेछ । साथमा लोकप्रिय हास्य कलाकारले दर्शक हसाउनेे स्टेज संयोजक नेत्रपाणि बास्तोलाले बताए ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९