पोखरा, १६ माघ। डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पहिलो खेलमै पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले मनाङविरुद्ध ३-१ गोलअन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
सहारा क्लब पोखराले आयोजना गरेको क्याराभान सहित १७ पटकको प्रतियोगितामा यी दुवैले समान पाँच पटक उपाधि जितेका छन् । सिधै बाइ पाएर क्वाटरफाइनल खेलेको मनाङलाई पहिलो खेलबाटै फर्काएपछि पुलिसले सर्वाधिक उपाधि जित्ने सम्भावना कायमै राखेको छ । अब पुलिसले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा बिहीबार धरान एफसीसँग प्रतिष्पर्धा गर्नेछ । धरानले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
मंगलबार पहिलो हाफ गोलरहित खेलेको पुलिसले दोश्रो हाफमा लगातार ३ गोल गर्दा मनाङे टोली र समर्थक स्तब्ध बन्यो । मनाङले अन्तिममा सान्त्वना गोल फर्काएर पोखराको मैदानमा एक गोल भने गर्न सक्यो ।
पहिलो हाफमा फिनिसिङमा कमजोर देखिएको पुलिसका लागि दोस्रो हाफ शुरु भएको आठौं मिनेटमै नीरकुमार राईले गोल गरे । ५३ औं मिनेटमा अग्रता लिएको पुलिसले ५ मिनेटपछि नै दोस्रो गोल गर्यो । ५७ औं मिनेटमा तेज तामाङको पासमा पेनाल्टी एरियामा रहेका दिनेश राजवंशीले हेडमार्फत गोल गरे । ७२ औं मिनेटमा नीरकुमारको पासमा मध्यभाग नजिकैबाट विपक्षी डिफेण्डर सबै बिट भएको अवस्थामा सुमन लामाले सुन्दर गोल गरे । यसअघि, झापाविरुद्धको पहिलो खेलमा १-० गोलको कठिन जित निकाल्ने क्रममा सुमनले नै गोल गरेका थिए । म्यान अफ दि म्याच घोषित लामा दुंर्इ खेलमा दुंर्इ गोलका साथ प्रतियोगितामा उच्च गोलकर्ता हुन् ।
एकपछि अर्को गोल व्यहोरेपछि मनाङ आक्रामक बनेको थियो । तर, उसका एकपछि अर्को प्रहार असफल भयो । ८२ औं मिनेटमा क्याप्टेन अनिल गुरुङले मिलाइदिएको पास पेनाल्टी एरियामा रहेका विशाल राईले सान्त्वना गोल फर्काए । त्यसपछि थप गोल भएन र मनाङ पुलिससँग ३-१ गोलले स्तब्ध बन्यो । खेलको शुरुदेखि नै दुवै टीम आक्रामक थियो । छरितो खेलमा दुवैले गरेका प्रहार खेर गए । पोखरेली अनिल गुरुङ, हेमन गुरुङले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने मनाङबाट खेल्नकै लागि जापानबाट आएका सन्तोष साहुखलले नोटिस गेम खेलेनन् ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले योजना अनुरुप नै खेलाडीले खेल खेल्दा जित सहज भएको बताए । उनले पुलिस लयमा फर्किएको दाबी गरे । ‘खेल दौरानमा रेप|mीले नै सचेत गराउनुपर्ने गरी किन चर्को आवाजमा खेलाडीलाई निर्देशन दिनुपरेको’ भन्ने प्रश्नमा उनले खेलाडीलाई समय अपुग भएका कारण आफूले निर्देशन दिएको प्रतिक्रिया दिए ।
धरानविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विदेशी चार खेलाडीबिना नै मैदानमा उत्रिँदा त्यसको असर खेलमा परेको बताए । पहिलो हाफमा आफ्ना खेलाडीले खेललाई इजी लिएको भन्दै उनले दोस्रो हाफ जस्तै गरी खेलेको भए नतिजा उल्टन सक्ने जिकिर गरे । खेलमा जित हार स्वभाविक भएकाले आफू अचम्मित नभएको उनको भनाइ थियो । मनाङ विगत ४/५ वर्षदेखि रक्षापंक्तिमा विदेशी खेलाडीकै भर परेको उनको भनाइ थियो । मंगलबारको खेलमा विदेशी खेलाडी भिक्टोर, मुसो, सोलोलगायत खेलाडी खेल्न पाएनन् । वर्क परमिट नभएकालाई खेलमा प्रतिबन्ध लगाएपछि उनीहरुले खेल्न नपाएका हुन् । यसअघि, आयोजक सहारा, थ्रीस्टारका विदेशी खेलाडी पनि मैदान छिर्न पाएका थिएनन् । पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारले उत्तर बरिन्धरा क्लब, बंगलादेश प्रतिष्पर्धा गर्नेछ । तीन दिन दिन अघिमात्रै मनाङलाई १-० गोलले हराउँदै इटहरी गोल्डकप जितेको थ्रीस्टारले एपीएफविरुद्ध टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । थ्रीस्टार चार पटकको विजेता हो भने उत्तर बरिन्धरा पहिलो पटक सहभागिता जनाएको हो। उसले क्वाटरफाइनलमा सुदूरपश्चिम स्पोर्टिङ क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१