पोखरा, १६ माघ । सराङ्कोटमा धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिन लागिएको श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको तयारी बृहत भेला सम्पन्न भएको छ ।
२०६१ मा शुरु गरिएको विशाल शिव मन्दिरसँगै सराङ्कोट धार्मिक पर्यटन क्षेत्रको बृहत् सराङ्कोट योजना शुरुवात गरिएको अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
१०८ शिवलिङ्ग स्थापना र निर्माणलाई महाअभियानको रुपमा लिएको समस्त भगवान दर्शन धर्म प्राप्ति र पितृ उद्दारको लागि दान संकल्प गर्नुपर्ने प्रमुखवाचक भाष्करपण्डित कमलनयन गौतमले बताए । धर्म संस्कृतिको जगेर्ना र विकास निर्माणका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले वडाको विकास र प्रतिष्ठा बोकेको महायज्ञ सफल बनाउन सबै वडाबासी एकभइ लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय रुपमा धार्मिक पर्यटनको महत्व बोकेको सराङ्कोटको विकासमा आम समुदाय व्यवसायीको एकता र सहभागिता महत्वपूर्ण रहने बताए ।
महायज्ञ सम्पन्न गर्न २७ वटा विभिन्न उपसमिति गठन भई माघ २२ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ हुने महायज्ञमा दैनिक रुपमा श्रीमद्भागवत कथा वाचन, लघुरुद्री पाठ, दानवीर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायत धार्मिक कार्यक्रम राखिएको छ ।
कार्यक्रममा समितिका कोषाध्यक्ष शिवप्रसाद कोइराला, उपाध्यक्ष उमानाथ चपाई, मीनबहादुर थापा, महिला परिचालन संयोजक कल्पना ढकाल, कलशयात्रा संयोजक गंगा तिमिल्सिना, धार्मिक व्यक्तित्व बामदेव बस्ताकोटी, भावना सहकारीका अध्यक्ष बलराम कोइराला, कानुनी सल्लाहकार कृष्णप्रसाद तिमिल्सिना, महायज्ञ सहयोग समिति उपाध्यक्ष भरत थापा, शिवप्रसाद कोइराला, जनजागृति मावि प्रअ विष्णुप्रसाद तिमिल्सिना लगायतले महायज्ञ तयारीबारे जानकारी गराए ।
माघ २२ गते गाइघाटबाट कलशयात्रा सहित महायज्ञ उद्घाटन हुनेछ । महायज्ञस्थलसम्म आवतजावतको लागि निःशुल्क यातायात व्यवस्था गरिएकोले समपूर्णलाई सहभागी हुन प्रचारप्रसार संयोजक कृष्ण थापाले आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९