जस्मिन पेन्ट्सको स्कूटर भुजेललाई

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४
jasbain paints

लेखनाथ, १६ माघ। जस्मिन पेन्ट्स प्रालिले हरेक महिनामा सञ्चालन गर्दै आएको बम्बर उपहार योजनाअन्तर्गत लक्की ड्रमा पोखरा २८, कालिकाकी रचना भुजेल निजेता बनेकी छन्।

मनकामना ग्रुपको प्रमुख उद्योग जस्मिन पेन्ट्स बहार बम्पर उपहारअन्तर्गत मंसिरमा पोखरा २६, बूढीबजारमा रहेको जुपिटर टेडिङ सेन्टरबाट रङ खरिद गरेकी भुजेललाई विजेता वापत लेखनाथ महोत्सव अवसरमा स्कूटर प्रदान गरिएको हो।

उक्त अवसरमा महोत्सवमा उपस्थित उल्लेख्य दर्शकबीच विजेता भुजेललाई जस्मीन पेन्ट्सका कन्टि्र मेनेजर रविन शर्मा भुषाल, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बाबुराम गिरी, एरिया सेल्स म्यानेजर चेतन बस्याल, सेल्स अफिसर कुमार भुजेल, लेखनाथ हार्डवर्यस् एशोसियसन अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, संस्थापक अध्यक्ष राजेन्द्र ओझा, महासचिव गोपिचन्द्र बास्तोला, सल्लाहकार भरतकुमार अधिकारी लगायतले सामूहिक रुपमा स्कूटर प्रदान गरेका थिए।

यसअघि, जस्मीन पेन्ट्सको उपहार योजनाबाट भदौ, असोज र कात्तिकमा झापा निवासी अन्जु पौडेल, नवलपुर निवासी सन्तबहादुर थारु र बर्दघाट निवासी गोपाल दुवे पुरस्कृत भइसकेका छन्।  जस्मिन पेन्ट्सले हरेक ६ महिनाका लागि जस्मिन पेन्ट्सको बहार बम्परमा कार उपहार समेत राखेको भने उपभोक्ताको सन्तुष्टिका लागि प्रत्येक दिन देशभरबाट घरधनीलाई हात खाली नजाने उपहार योजना पनि सञ्चालन गरेको छ।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width