काठमाडौं, १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगको अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध भए।
त्यस्तै, प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ । प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध भए । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।
५६ सदस्यका लागि हुने निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच मात्र प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाएसँगै उम्मेदवारले चुनाव प्रचार प्रसार शुरु गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन कार्यतालिका अनुसार, सोमबार दिनको २ बजेसम्म उम्मेदवारलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेको आयोगले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९