बन्ने भो पुम्दीकोटमा महादेवको विशाल मूर्ति

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४

पोखरा, १५ माघ। पोखरा लेखनाथ महानगरपालिका-२२ स्थित पुम्दीकोटमा महादेवको विशाल मूर्ति बनाउने कार्य शुरू हुने भएको छ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय र पुम्दीकोट विकास समिति बीच उक्त निर्माण सम्बन्धी बुधवार सम्झौता भएपछि निर्माण कार्य तत्काल अघि बढाइने भएको हो।

सम्झौता अनुसार निर्माण गर्न लाग्ने कुल लागत रकम छ करोड १२ लाख, ३८ हजार, एक सय ३० रुपैयाँमध्ये ५० प्रतिशत रकम महानगरपालिकाले उपलब्ध गराउने भएको छ। सम्झौतापत्रमा महानगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल र पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हस्ताक्षर गरेका छन्।

पुम्दीकोट विकास योजनाको घोषणासहित पुम्दीकोट विकास समितिले गतवर्ष महायज्ञको आयोजना गरेको थियो।

स्मरण रहोस, हिल-टेकका प्रबन्ध निर्देशक कमल जैनले महादेवको विशाल मूर्ति दान गर्ने सहमतिपत्रसहितको घोषणा गरिसकेका छन्।

Related News

सम्बन्धित समाचार

  • भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी

    धनबहादुर गुरुङ श्रावण ३१, २०७९
    पोखरा । भ्रष्टाचारका उजुरी दर्ता हुनेमा गण्डकी प्रदेशअन्तर्गत सबैभन्दा बढी कास्कीका छन् । प्रदेश राजधानी पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको…
  • कालीगण्डकी दोहन रोक्न साझा पहल   

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    बलेवा ।  कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका…
  • राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनेभएकी छन् । मंगलबार हुने दुई कार्यक्रममा भाग लिन उनी आजै पोखरा आउन…
  • नागरिकता विधेयक फिर्तापछि तरंग

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको…
  • ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा। गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१…

hero news full width