पोखरा, १५ माघ । सहारा यूके परिवारलाई यहाँका खेलकुद पत्रकार र भूपू खेलाडीले स्वागत गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्की र भूतपूर्व खेलाडी मञ्च नेपालले सोमबार संयुक्त रुपमा सहारा यूके र हङकङका पदाधिकारी, सल्लाहकार तथा सदस्यलाई स्वागत/सम्मान गरेका हुन्।
सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ लगायतलाई भूपू खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ र मञ्चका अध्यक्ष केशव पाठकले खादा लगाई मायाको चिनो प्रदान गरे। कार्यक्रममा प्रमुख सल्लाहकार महेश गुरुङ, सल्लाहकार हरि श्रेष्ठ, रमेश बास्तोला, चन्द्रमान गुरुङ, एनआरएन यूके पूर्व अध्यक्ष समेत रहेका सल्लाहकार मुछेत्र गुरुङ, कोषाध्यक्ष नारायण गुरुङ, सहकोषाध्यक्ष शारदा गुरुङ, मिडिया सेक्रेटरी वचस्पति रेग्मी लगायतलाई स्वागत गरिएको हो।
सम्मान ग्रहणपछि सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङले प्रत्येक वर्ष यसरी मीठो आतिथ्यता प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले देशको खेलकुद, समग्र क्षेत्रको विकासमा आफूहरुको सदा साथ सहयोग रहने उल्लेख गरे। जहाँ रहे पनि आफ्नो ठाउँको लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
नेपाल ओलम्पिक कमिटि सदस्य समेत रहेका नेपा भूपू खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले नेपालको खेलकुदको विकासका लागि योगदान दिनेहरुलाई भुल्न नहुने बताए। उनले मुलुकको नाम उँचो राख्ने खेलकुदलाई हेर्ने नगर अझै सकारात्मक हुन नसकिरहेको उल्लेख गरे। भूतपूर्व खेलाडी मञ्चकै सक्रियतामा पोखरा रंगशालाको संरक्षण सम्भव भएकाले यसलाई अझै व्यवस्थित बनाउन उनको सुझाव थियो। खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले देश विदेश जहाँ रहे पनि नेपालको खेलकुद लगायतको क्षेत्रमा नेपाली मन हुनेहरुले प्रदान गर्ने सहयोग अमूल्य रहेको जनाए। उनले सहारा यूके, हङकङ लगायतले यहाँको खेलक्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रमको अध्यक्षता समेत गरेका खेलकुद पत्रकार मञ्च अध्यक्ष केशव पाठकले पोखरा स्पोर्टस् अवार्ड भव्यताका साथ सम्पन्न हुनुको मुख्य श्रेय यूकेस्थित खेलप्रेमी महानुभावलाई जाने बताउँदै सधैँ सँगै अघि बढ्न इच्छुक रहेको जनाए।
मञ्चका सचिव रञ्जन अधिकारीले खेलकुदमा समर्पित संघसंस्थासँग मञ्चको स्थापित सम्बन्धलाई मजबुद पार्दै सहयोग र सद्भावको सधैं’ अपेक्षा रहने बताए। खेलकुद पत्रकार मञ्च कास्कीले अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन स्वरुप आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डमा आर्थिक सहयोग प्रदान गर्नेहरुलाई टोकन अफ लभ समेत प्रदान गरेको थियो।सो अवसरमा भूपू खेलाडी मञ्चका सस्थापक अध्यक्ष खड्क रानाभाट, पूर्व अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा वीरेन्द्रसिंह गुरुङ लगायत उपस्थित थिए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९