पोखरा, १५ माघ । पोखराको क्रिकेट विकासका लागि स्थानीयस्तरबाटै योगदानको हेतु पुरानो क्लब पोखरा क्रिकेट क्लबले आयोजना गर्ने अन्तरक्लब पीसीसी क्रिकेट कप २०७४ तयारी तीव्रता दिइएको छ । क्लबको यो उत्साहलाई दि युनाइटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन बनेर साथ दिएको छ ।
प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे ।
२३ वर्षअघि स्थापित उक्त क्लबले माघ २७ देखि २७ सम्म स्थानीयस्तरको टी-२० अन्तरक्लब प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा कास्कीका आठ टीम सहभागी हुने प्रतियोगिता संयोजकसमेत क्लब उपाध्यक्ष उत्सव शाक्यले जानकारी दिए ।
उनका अनुसार विजेताले ४० हजार र उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुनामेन्टलाई ७ हजार ५ सय रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिनेछ भने वेस्ट बलर, वेस्ट ब्याट्सम्यानले जनही ५ हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।
क्लबले उपाध्यक्ष शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक समिति गठन पनि गरी व्यवस्थापन कार्यलाई अघि बढाएको जनाएको छ । मंगलबारदेखि सार्वजनिक यातायातमा ब्यानर प्रचार गरिने योजना छ । मेडिकल पार्टनरमा हिमालय पोलिक्लिनिक, पोखरा क्रिकेट क्लब २०५१ सालमा स्थापना भएको हो । बीचको दशक निस्क्रिय क्लब अहिले युवा नेतृत्वले २३ वर्षे इतिहासको विरासत जोगाउन यसरी जुर्मुराएको हो । २०६० मा धरानमा सम्पन्न राष्ट्रियस्तरको दर्शन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । प्रकाश गुरुङको नेतृत्वमा शक्ति गौचन, वसन्त रेग्मी, अमित श्रेष्ठ सहित पोखराका दीपेश खत्री, गोविन्द प्रधान, प्रदीप रावत, देवेन्सन प्रजु लगायतका खेलाडी सहभागी थिए । क्लबले जनकपुरमा आयोजित टी-२० प्रतियोगितामा समेत सहभागिता जनाएको थियो । लायन्स क्लबले आयोजना गरेको प्रतियोगितामा पनि क्लब सहभागी थियो ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९