पोखरा, १५ माघ। राजधनीबाहिर पहिलो पटक पोखरामा स्काउटको एड्भेञ्चर फेष्ट आयोजना गरिएको छ। नयाँबजारस्थित शान्ति वनबाटिकामा आइतबारदेखि शुरु स्काउट एड्भेञ्चर फेष्टको आयोजना गरिएको हो। स्थानीय नवप्रभात मावि स्काउट ट्रुप एण्ड ओपन क्र्युले स्काउट एडभेञ्चर फेष्टको आयोजना गरेको हो।मंगलबारसम्म सञ्चालन हुने स्काउट एड्भेञ्चर फेष्टमा ४५ जनाको आवासीय सुविधासहित करिब १ हजार विद्यार्थीले सहभागिता जनाएको नेपाल स्काउट कास्की जिल्ला संगठनका आयुक्त सागर पौडेलले जानकारी दिए।
विद्यार्थीमा स्काउटिङ शिक्षाको विकास, सासाथै मनोरञ्जन र नेतृत्व विकास गर्ने उद्देश्यले फेष्ट आयोजना गरिएको आयुक्त पौडेलको भनाइ छ।
फेष्टमा सुपर म्यान जम्प, ओमेगा जम्प, रिभर क्रसिङ, अप सेलिङ, टायर वाल, टायर चिम्नी, टायर ब्रिज, स्वीङ टायर, ल्याडर क्रसिङ, मन्की ब्रिज, वाकिङ अन दि बाम्बो, कमाण्डो ब्रिज, र्टार्जन जम्प, टच दि टार्जेट र बिग क्लाइम्बिङ लगायत १६ वटा शाहसिक खेलकुद एवम् क्रियाकलापमा प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणका संयोजक एवम् कास्की स्काउट संगठनका आयुक्त सागर पौडेल, शिवबहादुर भण्डारी, लक्ष्मण गौतम, र्सूय ढकाल, श्याम गिरी, अर्जुन नेपाली, सुस्मिता श्रेष्ठ र इश्वर लामिछाने लगायत स्काउट शिक्षकले सहजीकरण गरेका छन्।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक चन्दन कौशिकले आइतबार स्काउट एड्भेञ्चर फेष्टको उद्घाटन गरेका हुन्।
कार्यक्रममा कौशिकसहित पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, कास्की जिल्ला आयुक्त शारदा पराजुली, पूर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली, नवप्रभात मावि इकाइ अध्यक्ष विजयराज भण्डारी, नेपाल स्काउट दोलखा संगठन आयुक्त तीर्थ खड्का, मकवानपुर जिल्ला तालिम आयुक्त अशोक सारुमगर, नेपाल स्काउट समन्वय आयुक्त धीरज थापा र समाजसेवी उमा ठकुरी लगायत बोलेका थिए।
नवप्रभात इकाइ अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटर सुस्मिता श्रेष्ठले स्वागत र सिनियर टिम मेट एलिशा बिकले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९