लेखनाथ, १४ माघ । जारी लेखनाथ महोत्सवमा रत्यौली महिलाको लागि, पप युवाका लागि र लोकदोहोरी सबैका लागि आकर्षण बनेका छन् ।
२०५७ सालदेखि प्रतियोगितात्मक रुपमा दोहोरीगायक प्रजापति पराजुलीले शुरु गरेको रत्यौलीले अहिले प्रायः सबै मेला महोत्सवको माहोल तताउने गरेको छ।
यसैगरी, लाइभ पप कर्न्सटमा युवाको उपस्थिति बाकलो देखिन्छ भने अपरान्हतिर हुनेे लोकदोहोरीमा सबै समूहका दर्शक गीतको तालमा स्टेज अगाडि होस वा आफू बसेकै ठाउँबाट उठेर छमछमी नाचेको पाइन्छ ।
१४ औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिनसम्म आइपुग्दा दर्शकको उपस्थिति बढेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बताउँछन् । उनले भने-‘शुरुवात र शनिबार बिदाको दिन दर्शकको घुइँचो थियो भने अन्य दिनमा पनि क्रमिक रुपमा दर्शक बढेका छन् ।’
आइतबारसम्म करिब ८० हजार दर्शकले महोत्सव अवलोकन गरिसकेको र ३ करोड बराबरको कारोबार भएको संघका महासचिव भरतकुमार अधिकारीले बताए ।
महोत्सवको थप आकर्षणका रुपमा गण्डकी तारा र विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगितामा दर्शकको विशेष अभिरुची बढेको पाइएको छ। विद्यालयस्तरीय नृत्यमा एलपी देवकोटा माविकी कृति देवकोटा र गायन बाघमारा एकेडेमीका करुणा सुनार अन्तिम प्रतिष्पर्धाका लागि चयन भए।
त्यसैगरी, गण्डकी तारामा अञ्जली मगर, नवीना गुरुङ, गणेश तामाङ, दिनेश गुरुङ, सपना धाइ थापा र स्मृति गुरुङले प्रतिष्पर्धा गरेका थिए। महोत्सवमा प्रस्तुत गरिएको नृत्य तथा गायनको अन्तिम प्रतिष्पर्दा माघ २० र २१ गते हुनेछ ।
माघ २२ गतेसम्म चल्ने महोत्सवमा प्रदेश ४ का विभिन्न ११ वटा जिल्लाका उद्योगी व्यवसायीका कृषि, हस्तकला, मेशिनरी, कपोर्रेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी लगायत करिब ३ सय ५० वटा स्टल रहेको महोत्सवका प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए। महोत्सवमा माघ २२ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९