पोखरा, १४ माघ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला’ को प्रवेश टिकटमार्फत बम्पर उपहार कारविजेता सन्दीप पौडेललाई आइतबार कार हस्तान्तरण गरिएको छ ।पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पौडेललाई कारको साँचो हस्तान्तरण गरे। सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए।
प्रमुख जिसीले आफै लक्की ड्रमा सामेल भएको स्मरण गर्दै संघले निष्पक्षरुपले गरेको लक्की ड्रबाट अरुहरुले पनि पाठ सिक्नुपर्ने धारणा राखे।
संघ अध्यक्ष विश्वशंकर पालिखेले मेला सफल बनाउन सघाउनेलाई धन्यवाद ज्ञापन गर्दै कारविजेता पौडेललाई बधाई ज्ञापन गरे।
कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप स्थानीय नमूना माविमा कक्षा ९ मा पढ्छन् । प्रहरी सेवामा कार्यरत उनका पिता नारायणप्रसाद पौडेलले सन्दीप पोखरा आएको बेला मेला हेर्नेक्रममा उनको नाममा ०५४८९२ टिकट काटेका थिए ।
पुस २७ देखि माघ ८ गतेसम्म चलेको मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखिएकोमा अन्तिम दिन उपहार खोलिएको थियो।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९