पोखरा, १४ माघ। सुनचाँदी व्यवसायी संघ कास्की र व्यापार तथा निकासी प्रवर्द्वन केन्द्र पुल्चोक ललितपुरले संयुक्त रुपमा आयोजना गरेको परम्परागत गरगहना बनाउने तालिम आइतबार सकिएको छ।
परम्परागत गरगहना बनाउन सक्ने दक्ष जनशक्ति अभाव भएकाले तालिम आयोजना गरिएको हो।
तालिमपछि गरगहना बनाउनका लागि विदेशबाट कालिगढ ल्याउनु पर्ने अवस्था अन्त्य हुने व्यवसायीको अपेक्षा छ। एक महिनासम्म सञ्चालन हुने तालिममा ३५ जना सहभागी थिए।
तालिममा वरिष्ठ कालिगढ दीपक सुनार, सुरेन्द्र बिक, हर्कबहादुर बिक, रञ्जनकुमार बुद्वाचार्य र दीपक घिमिरेले सहजिकरण गरेका थिए।
तालिम समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने बताए।
उनले कालिगढका लागि तालिम आवश्यक रहेको बताउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। त्यस अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य दुर्गाबहादुर सुनार, संघका सल्लाहकार कृष्णमान लाभाजु, स्वर्णार कल्याण समिति कास्कीका अध्यक्ष भुवन लोहनी, प्रशिक्षक सुरेन्द्र बिकले तालिमको आवश्यकता र महत्वबारे बोलेका थिए।
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेशमान बुद्वाचार्यले धन्यवाद ज्ञापन र महासचिव मनबहादुर लाम्गादेले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९