चितवन, १३ माघ। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सरकारका निर्णयले जनमतको खिल्ली उडाएको बताएका छन्।
प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहाललेे सरकारले गरेका पछिल्ला निर्णय काँग्रेसको लोकतान्त्रिक चरित्रविपरीत भएको बताए। उनले भने-‘यस्ता निर्णयले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो।’
उनले भने-‘दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा त्यसले घाटा काँग्रेसलाई हुन्छ।’ अहिलेको कामचलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ति गरेको बताउँदै दाहालले कतिपय निर्णय अब बन्ने सरकारले फेर्न सक्ने बताए। उनले भने-‘सबै उल्ट्याउने भन्ने हुँदैन। औचित्यका आधारमा सही छन् भने कायम रहन्छन्।’
उनले अगाडि थपे-‘कतिपय निर्णय दिर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधिभन्दा बाहिर भएका छन् ती निर्णय नयाँ सरकारले फेर्न सक्छ।’
एमालेले केही दिनअघि सरकारका पछिल्ला काम कारबाही विषयलाई लिएर गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका धारणा नै माओवादी केन्द्रको पनि आधिकारिक धारणा भएको दाहालको भनाइ छ। उनले एमालेको पत्रकार सम्मेलनमा आफू चाहँदाचाहँदै पनि कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको स्पष्ट पारे।
सरकारले चितवन बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गरेकोमा आपत्ति नभए पनि कामचलाउ सरकारले यस्ता अनावश्यक काम नगरेको राम्रो हुने दाहालले बताए। उनले जसको नेतृत्वमा सरकार भयो त्यसले आफूखुशी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए।
दाहालले सरकार गठनभन्दा पहिला एमाले र माओवादी केन्द्रबीच पार्टीएकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताए। उनले भने-‘सरकार त गठन हुन्छ नै पार्टीएकता त्यो भन्दा अगाडि नै होस् भन्ने आफ्नो चाहना छ।’
उनले अगाडि थपे-‘मेरो कोशिष भन्नुहुन्छ भने त सरकार गठनभन्दा अघि नै पार्टीएकता हुनु जनभावना अनुसार पनि हुन्छ। हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ।’
आज भोलि नै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए। छिटै दुवै पार्टीको अध्यक्ष तहमा पनि गम्भीर ढंगले छलफल गरिने बताउँदै दाहालले भने-‘आज फर्किएर गएपछि पार्टीएकता संयोजन समितिमा पनि छलफल गरेर सरकार गठनभन्दा पहिला पार्टीएकता टुङ्गाउने क्रममा हामी छौं।’ उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने दावी गरे। देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आबश्यक रहेको दाहालले बताए।
अब बन्ने वाम गठबन्धनको सरकारमा मधेशवादी दलहरु पनि सहभागी हुने विश्वास दाहालले व्यक्त गरे। मधेशवादी दलहरुले उठाएको संविधान संसोधनको बिषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उनको भनाइ थियो।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९